शनिबार, भदौ ६, २०८३

'नेकपा स्थायी कमिटी बैठक बजेट अधिवेशनपछि'

‘कहिले बोलाउने भन्ने विषयमा सहमति भएको होइन। स्थगित गर्ने भन्नेमा सहमति भएको हो। त्यस कारण अब कहिले बस्छ, ठ्याक्कै मिति भन्न सकिँदैन।’
 |  बिहीबार, वैशाख २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०७७

काठमाडौं- सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक बजेट अधिवेशनपछि हुने भएको छ। नेकपा संसदीय दलका उपनेता एवं स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङले बजेट अधिवेशनअघि स्थायी कमिटी बैठक हुने सम्भावना नरहेको बताएका हुन्। 

बजेट अधिवेशन शुक्रबार सुरु हुँदै छ।

‘अब सबै बजेट अधिवेशनतिर केन्द्रित भए’, नेपाल समयसित नेम्बाङले भने, ‘अब बजेट अधिवेशनपछि नै स्थायी कमिटी बस्नेछ।’ उनले बैठक कुन मितिमा बस्छ भन्ने बारे अहिल्यै भन्न नसकिने बताए।

पार्टीका दुइ अध्यक्षबीच  स्थायी कमिटी बैठक बोलाउने भन्दा पनि स्थगित गर्ने विषयमा सहमति भएको उनको दाबी छ। नेम्बाङले भने, ‘कहिले बोलाउने भन्ने विषयमा सहमति भएको होइन। स्थगित गर्ने भन्नेमा सहमति भएको हो। त्यस कारण अब कहिले बस्छ, ठ्याक्कै मिति भन्न सकिँदैन।’

स्थायी कमिटीको एजेन्डा तया गर्न हिजो बसेको नेकपा सचिवालय बैठक चल्दाचल्दै अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली बाहिरिएका थिए। त्यसपछि कुनै निष्कर्ष ननिकाली बैठक सकिएको थियो।

प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच राति अबेरसम्म छलफल भएपछि स्थायी कमिटी बैठक स्थगित गर्ने सहमति भएको थियो।

स्थायी कमिटी बैठकमा दाहाल र माधव नेपाल पक्षधरले एक पद एक व्यक्तिको नीतिलाई मुख्य एजेन्डा बनाउन माग गरेपछि ओली स्थायी कमिटी बोलाउन हच्किएको नेकपा उच्च स्रोतले बताएको छ।

अध्यक्ष दाहालले भने एक–दुई दिनभित्रै स्थायी कमिटी बैठक बस्ने दाबी गरेका छन्। एक टेलिभिजनसँगको कुराकानी उनले स्थायी कमिटीको एजेन्डा तय हुन केही समय लाग्ने भएकाले बैठक चाँडै बस्ने बताएका छन्।

सचिवालय खारेज गर्न माग

नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पार्टीको केन्द्रीय सचिवालय खारेज गर्न माग गरेका छन्। उनले स्थायी कमिटीलाई नै बलियो बनाउनुपर्ने सुझाव दिएका हुन्। रायमाझी अध्यक्ष दाहाल निकट मानिन्छन्।

प्रकाशित: May 07, 2020| 16:10 बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।