मंगलबार, असार ३०, २०८३

मे अन्तिमबाट अस्ट्रेलियामा क्रिकेट प्रशिक्षण सुरु गरिने

अस्ट्रेलियन क्रिकेट (सीए)ले यही महिनाको अन्त्यबाट क्रिकेट प्रशिक्षण सुरु गर्ने बताएको छ। सिएका प्रमुख मेडिकल अधिकारी एवं खेल विज्ञान प्रमुखको निगरानीमा प्रशिक्षण सुरु गरिने बताइएको हो।
 |  बिहीबार, वैशाख २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०७७

अस्ट्रेलियन क्रिकेट (सीए)ले यही महिनाको अन्त्यबाट क्रिकेट प्रशिक्षण सुरु गर्ने बताएको छ। सिएका प्रमुख मेडिकल अधिकारी एवं खेल विज्ञान प्रमुखको निगरानीमा प्रशिक्षण सुरु गरिने बताइएको हो।

कोरोना भाइरस (कोभिड–१९) को महामारीबीच प्रशिक्षण सुरु गर्दा नयाँ नियम बनाउँदै गरेको सीएले बताएको छ। द सिड्नी मर्निङका अनुसार सीएका प्रमुख मेडिकल अधिकारी डा. जोन आर्चर्डका साथै खेल विज्ञान र खेल मेडिसिन प्रमुख एलेक्स कोन्टुरिसको निगरानीमा प्रशिक्षण सुरु गर्ने रणनीति बनाइरहेको छ।

यी दुवै अधिकारी अन्य देशका समकक्षीसँग मिलेर काम गरिरहेको बनाइएको छ। त्यस्तै, अस्ट्रेलिया सरकार र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) पनि खेल सुरु गर्न वैकल्पिक साधनको खोजी गरिरहेका छन्।

सीएले पहिला खेलाडीलाई खेलको पूर्व सत्रको तयारी गराउने छ। कोन्टुरिसले भने, “कोरोना भाइरसका कारण पैदा भएको स्थितिले क्रिकेट प्रशिक्षणमा असर गर्दैन। नेटमा खेलाडीबीच दुरी निकै हुन्छ। प्रत्येक नेटमा २ वा ३ बलर मात्र हुन्छन्। त्यस्तै, बलर र ब्याट्सम्यानको दुरी पनि २२ गजको हुन्छ। त्यसैले फरक पर्दैन।”

सामाजिक दुरी बनाएर खेलिने भएकाले क्रिकेटको ट्रेनिङका लागि भयभित बन्नुपर्ने अवस्था नरहेको उनले बताएका छन्।

एजेन्सी

प्रकाशित: May 07, 2020| 15:28 बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।