शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा स्थायी कमिटीको अनौपचारिक बैठक धुम्बाराहीमा जारी

नेकपा स्थायी कमिटीको अनौपचारिक बैठक धुम्बाराहीमा जारी

औपचारिक बैठक नबसेपछि स्थायी कमिटीका सदस्यहरु आफैं छलफलमा जुटेका हुन्।
 |  बिहीबार, वैशाख २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०७७

काठमाडौं- सत्तारुढ नेकपाको स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठक पार्टी मुख्यालय धुम्बाराहीमा जारी छ। औपचारिक बैठक नबसेपछि स्थायी कमिटीका सदस्यहरु आफैं छलफलमा जुटेका हुन्।

गत २० गतेको सचिवालय बैठकले आजका लागि स्थायी कमिटी बैठक तोकेको थियो। तर स्थायी कमिटीमा पेस गर्ने एजेन्डा तयारीका लागि हिजो बसेको सचिवालय बैठकमा सहमति नजुटेपछि स्थायी कमिटी बस्न सकेन।

एक स्थायी कमिटी सदस्यका अनुसार छलफलमा करिब २० जना स्थायी कमिटी सदस्य सहभागी छन्। अरु सदस्यहरु पनि आउने क्रम जारी रहेको उनले बताए। ४५ सदस्यीय स्थायी कमिटीमा सदस्य अग्निप्रसाद सापकोटा सभामुखमा चयन भएपछि अहिले ४४ सदस्यीय छ।

बिहान अनौपचारिक छलफल गरेका उनीहरु केहीबेरअघि पार्टी कार्यालय धुम्बाराहीमा जम्मा भएका छन्। अनौपचारिक स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली पक्षधर स्थायी समिति सदस्यहरु पनि सहभागी छन्।

स्थायी कमिटीमा पेस गर्ने गर्ने एजेन्डा र भावी मार्ग निर्देशबारे सचिवालयमा सहमति नजुटेपछि बुधबार प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छुट्टै छलफल भएको थियो।

दुई अध्यक्षबीच पनि कुरा नमिलेपछि स्थायी समिति बैठक अनिश्चित समयसम्मका लागि स्थगन भएको छ।

अध्यादेश प्रकरणपछि प्रधानमन्त्री केपी ओलीप्रति शीर्ष नेताहरु नै सशंकित छन्। सोही कारण पार्टीमा आन्तरिक विवाद बढेको छ। विवाद साम्य पार्नकै लागि बोलाइएको भनिएको स्थायी कमिटी बैठक अनिश्चित भएपछि स्थायी कमिटी सदस्यहरु अनौपचारिक छलफलमा जुटेका हुन्।

प्रकाशित: May 07, 2020| 15:30 बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।