शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धरहरा पुनःनिर्माणमा ९० करोड सकियो, ३८ प्रतिशत काम सम्पन्न

धरहरा पुनःनिर्माणमा ९० करोड सकियो, ३८ प्रतिशत काम सम्पन्न

लकडाउनका कारण रोकिएको रानीपोखरी र २२ तले धरहरा पुनःनिर्माणको काम पुनः सुरु भएको छ।
 |  बिहीबार, वैशाख २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०७७

काठमाडौं - लकडाउनका कारण रोकिएको रानीपोखरी र २२ तले धरहरा पुनःनिर्माणको काम पुनः सुरु भएको छ। लकडाउनका कराण रोकिएको धरहराको निर्माण गत शनिबार सुरु गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार अहिलेसम्म धराहरा पुनर्निर्माणको ३८ प्रतिशत काम पूरा भएको छ भने ९० करोड रुपैयाँ खर्च भइसकेको छ।

प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार सामाजिक दूरी र स्वास्थ्यलाई ध्यानमा राख्दै निर्माण पुनःसञ्चालन गरिएको हो।

लकडाउनका कारण काठमाडौंमा रोकिएका कामदार काममा खटिएका छन्। उनले भने, “काम सुरु हुनुभन्दा अगाडि र पछाडि दैनिक थर्मल गनले शरीरको तापक्रम नाप्ने, कामदारलाई मास्क, पञ्जा, स्यानिटाइजर र ढोकामा साबुनपानी राखिएको छ। बाहिरका मान्छेहरु भित्र आउन दिइएको छैन भने भित्रका कामदार बाहिर निस्किएका छैनन्।” 

हाल दैनिक ४५ कामदारले धरहरा पार्किङको तेस्रो बेसमेन्टको बाल्टा बनाउने कार्य गरिरहेका छन् ।

प्रकाशित: May 07, 2020| 14:17 बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।