शनिबार, भदौ ६, २०८३

छिनछिनमा बिजुली किन जान्छ?

उत्पादनभन्दा माग कम भएपछि थुप्रै आयोजना कम क्षमतामा सञ्चालन गरिएका छन्।
 |  बिहीबार, वैशाख २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०७७

काठमाडौं– लकडाउनले आर्थिक गतिविधि ठप्प भएपछि विद्युतको माग घटेको छ।

उत्पादनभन्दा माग कम भएपछि थुप्रै आयोजना कम क्षमतामा सञ्चालन गरिएका छन्।

सामान्य अवस्थामा पिक आवरमा एक हजार १ सय मेगावाट माग हुने गरेकोमा अहिले ७ सय मेगावाट हाराहारीमा झरेको छ।

यो वर्ष पानी परिरहेका कारण निजी क्षेत्रका आयोजनाले मात्रै पाँच सय मेगावाट विद्युत् उत्पादन क्षमता राख्छन्। तर, माग घटेपछि निजी आयोजनाबाट तीन सय मेगावाट मात्र उत्पादन भइरहेको छ।

मागभन्दा उत्पादन बढी भइरहे पनि छिनछिनमा बत्ती किन काटिन्छ? नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी मौसमको प्रतिकुलताले विद्युत वितरण प्रणालीमा असर पारेपछि बत्ती जाने बताउँछन्।

“प्रसारण लाइनको एउटा बाटोमा अवरोध आउँदा त्यसले समेट्ने सबै क्षेत्रमा बत्ती जान्छ,” उनी भन्छन्, “वैकल्पिक प्रणाली नभएकोले त्यसको मर्मत नहुन्जेल अर्को व्यवस्था गर्न सकिंदैन।”

अधिकारी भन्छन्, “अहिले विशेषगरी हावाहुरी र चट्याङले चपुर–पतलैया–हटौडा प्रसारण लाइन खण्डमा बढी असर परेको देखिन्छ।”

विद्युतको पहुँच विस्तारसँगै संरचनागत सुधार र गुणस्तरमा प्राधिकरण प्रतिबद्ध भएर लागेको अधिकारीको भनाइ छ।

प्रकाशित: May 07, 2020| 13:30 बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।