शनिबार, भदौ ६, २०८३

क्वारेन्टाइनमा बसेकालाई खुवाइयो म्याद नाघेको चामल !

बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिकाको त्रिशक्ति माविमा रहेको क्वारेन्टाइनमा प्रयोग गरिएको चामलको गुणस्तर मापन गरिने भएको छ ।
 |  बिहीबार, वैशाख २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०७७

बाजुरा- बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिकाको त्रिशक्ति माविमा रहेको क्वारेन्टाइनमा प्रयोग गरिएको चामलको गुणस्तर मापन गरिने भएको छ ।

म्याद नाघेको चामल प्र्रयोग गरिएको र क्वारेन्टाइनमा बसेका सर्वसाधारणलाई पखालासमेत लागेको पाइएपछि चामलको गुणस्तर मापन गर्न लागिएको हो ।

लकडाउनको मौका छोपेर व्यापारीले त्यस्तो चामल बिक्री गरेकै कारण सर्वसाधारण बिरामीसमेत परेपछि ल्याब परीक्षण गर्न लागिएको बूढीगङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख दीपक शाहले बताए ।

नगरपालिकाले खरिद गरेका चालमको म्याद नै नाघेको र मार्करले नयाँ मिति लेखिएको अवस्थामा भेटिएको भनी चौतर्फी विरोध हुन थालेपछि चामलको गुणस्तर मापन गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख शाहको भनाइ छ ।

चौतर्फी आलोचना र विरोधपछि जिल्ला प्रशासन कार्यालय बाजुराले समेत त्यसको वास्तविकता के हो भनेर गरपालिकालाई पत्राचार गरिसकेको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिए ।

प्रशासनको पत्रपछि नगरपालिकाले नगर उपप्रमुख तारा खातीको नेतृत्वमा छानबिन समिति बनाएको छ ।

क्वारेन्टाइनमा प्रयोग गरिएको चामलको मिति हेर्दा सन् २०१७ फ्रेबुअरी रहेको छ । तर चामलको कट्टामा भने मार्करले सन् २०२० लेखिएको छ । चामल स्थानीय व्यापारी सुनिल बानियाँको पसलबाट खरिद गरिएको बताइएको छ । -रासस

प्रकाशित: May 07, 2020| 10:18 बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।