शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • केमिकल प्लान्टमा ग्यास लिक हुँदा मृत्यु हुनेको संख्या ८ पुग्यो, ५ गाउँ खाली गराइयो

केमिकल प्लान्टमा ग्यास लिक हुँदा मृत्यु हुनेको संख्या ८ पुग्यो, ५ गाउँ खाली गराइयो

आन्ध्र प्रदेशको विशाखापटनमस्थित एक केमिकल प्लान्टमा ग्यास लिक भएपछि मृत्यु हुनेको संख्या ८ पुगेको छ। कैयौंलाई आँखामा जलन हुनुका साथै सास लिन गाह्रो भएको बताइएको छ।
 |  बिहीबार, वैशाख २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०७७

आन्ध्र प्रदेशको विशाखापटनमस्थित एक केमिकल प्लान्टमा ग्यास लिक भएपछि मृत्यु हुनेको संख्या ८ पुगेको छ। कैयौंलाई आँखामा जलन हुनुका साथै सास लिन गाह्रो भएको बताइएको छ।

प्लान्ट आसपास भागदौड मच्चिएको छ भने प्रहरीले आसपासका ५ गाउँ खाली गराएको छ।

प्रहरीका अनुसार २ सयभन्दा बढी बिरामी भएका छन्। उनीहरुलाई अस्पताल लगिएको छ र थप बिरामी भए अस्पताल लैजान ५० वटा एम्बुलेन्स तैनाथ गरिएको छ।

 

लकडाउन केही खुकुलो भएर उद्योग खुल्नासाथ यो दुर्घटना भएको हो। बिहान ३ बजे ग्यास लिक भएको बताइएको छ। ५ किलोमिटरसम्म ग्यास फैलिएको अनुमान गरिएको छ।

बीबीसी

प्रकाशित: May 07, 2020| 10:07 बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।