मंगलबार, असार ३०, २०८३

न्युट्रल भेन्यूमा खेल नगराए प्रिमियर लिग रद्द हुने

एजेन्सी– न्युट्रल भेन्यूमा खेल नगर्ने भए प्रिमियर लिग रद्द हुने सम्भावना देखिएको छ। क्लब मेनेजर्स एसोसिएसन (एलएम)का प्रमुख कार्यकारी रिचार्ड बेभानले क्लबले न्यूट्रल भेन्यूमा खेल्न नमाने लि गद्द हुने बताएका हुन्।
 |  बिहीबार, वैशाख २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०७७

एजेन्सी– न्युट्रल भेन्यूमा खेल नगर्ने भए प्रिमियर लिग रद्द हुने सम्भावना देखिएको छ। क्लब मेनेजर्स एसोसिएसन (एलएम)का प्रमुख कार्यकारी रिचार्ड बेभानले क्लबले न्यूट्रल भेन्यूमा खेल्न नमाने लि गद्द हुने बताएका हुन्।

‘न्यूट्रल भेन्यूमा क्लबले खेल्न नमाने के होला ?’ भन्ने प्रश्नमा रिचर्डले भने, ‘मेरो विचारमा लिग रद्द हुने छ।’

कोरोना भाइरस (कोभिड–१९) का कारण प्रिमियर लिग मार्च १३ देखि स्थगन गरिएको छ। अब खेल सुरु गर्नुपर्ने भन्दै बेभानले भने, ‘समय हाम्रो पक्षमा छैन तर पनि प्रशिक्षण छिटै सुरु हुनु पर्छ जसकारण १२ मे बाट फुटबल फर्कन सकोस्।’

लिगमा ९२ खेल बाँकी रहेका छन्। त्यसैले बाँकी खेल गराउनका लागि सुरक्षित ठाउँ खोज्ने क्रम जारी छ।

न्यूट्रल भेन्यूमा खेल गराउने प्रस्तावमा इंग्ल्यान्डका २० क्लबमध्ये १४ क्लबले स्वीकार गरेका थिए भने अन्य क्लबले त्यसको विपक्षमा मत हालेका थिए।

ब्राइटोन क्लबले आफू कुनै पनि हालतमा न्यूट्रल भेन्यूमा खेल्न नजाने बताएको छ। त्यस्तै वाटर्फोर्डले पनि न्यूट्रल भेन्यू प्रयोग नगर्ने बताएको छ।

त्यसैले बाँकी ६ भोटका कारण लिग रद्द हुन सम्भावना देखिएको छ। बेभनले भने, ‘घरेलु मैदानमा खेल गराउनेबारे सरकारले बेलैमा सोचेको छैन भने त्यसले सिर्जना गर्ने भीड, र्यालीजस्ता कुराले समाजिक दुरी राख्ने विषयलाई चुनौती दिन सक्छ।’

प्रकाशित: May 07, 2020| 09:52 बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।