शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पर्सामा प्रशासनले बाँडेका सबै पास खारेज, अति जरुरी परे ई-पासको व्यवस्था

पर्सामा प्रशासनले बाँडेका सबै पास खारेज, अति जरुरी परे ई-पासको व्यवस्था

जिल्ला प्रशासन कार्यालय पर्साले लकडाउनको अवधिमा जारी गरेका सबै पास खारेज गरेको छ। जिल्लाबाट अन्यत्र कोरोना संक्रमित नफैलियोस् भनेर पुरानो पास खारेज गरिएको कार्यालयले जनाएको छ ।
 |  बिहीबार, वैशाख २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०७७

जिल्ला प्रशासन कार्यालय पर्साले लकडाउनको अवधिमा जारी गरेका सबै पास खारेज गरेको छ। जिल्लाबाट अन्यत्र कोरोना संक्रमित नफैलियोस् भनेर पुरानो पास खारेज गरिएको कार्यालयले जनाएको छ ।

आज बिहान सूचना जारी गर्दै कार्यालयले जरुरी पर्नेले ईपासका लागि घरमै बसेर आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ ।

'यस जिल्लामा एकपछि अर्को कोभिड १९ का संक्रमितहरू देखा पर्दै गएकोले यसको संक्रमण अरूतिर विस्तार हुन नदिन तथा यसको रोकथाम, नियन्त्रण र व्यवस्थापनलाइ प्रभावकारी बनाउन अति आववश्यक अवस्थामा बाहेक यातायातका साधन संचालनमा रोक लगाइएको छ,' कार्यालयले भनेको छ।

ईपासका लागि एबीसी वा १२३ लेखेर १११२ मा एसएमएस गर्नु पर्नेछ। रिप्लाइमा लिंक आएपछि त्यसमा विवरण भरेर आवश्यक कागजात अपलोड गरी पठाउनु पर्नेछ। पास जारी गर्नुपर्ने देखिए मोबाइलमै सूचित गरिने जिप्रकाले जनाएको छ।

प्रकाशित: May 07, 2020| 09:22 बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।