शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो, १७ सयभन्दा बढीको मृत्यु

भारतमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो, १७ सयभन्दा बढीको मृत्यु

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० हजार नाघेको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार त्यहाँ कोरोनाबाट मर्नेको संख्या १७ सय नाघेको छ।
 |  बिहीबार, वैशाख २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०७७

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० हजार नाघेको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार त्यहाँ कोरोनाबाट मर्नेको संख्या १७ सय नाघेको छ।

त्यसैगरी १४ हजारभन्दा बढी संक्रमित निको भएका छन्।

भारतले हालैमात्र सीमित रुपमा आवश्यक व्यवसाय पुनः खोल्ने निर्णय गरेको छ। यो निर्णयले संक्रमणको अर्को लहर निम्त्याउने चिन्ता बढाएको छ।

बुधबारमात्र भारतमा ३ हजार ४ सय ९० नयाँ संक्रमित फेला परेका छन् भने ९८ जनाको मृत्यु भएको छ।

भारतमा पहिलोपटक जनवरी महिनामा ३ जनामा कोरोना पुष्टि भएको थियो। पछिल्लो पाँच दिनमा त्यहाँ औसतमा २ हजार ९ सय जनाको दरले नयाँ संक्रमित थपिँदै गएका छन्।
महाराष्ट्र, गुजरात र दिल्ली कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्।

महाराष्ट्रमा बुधबार १ हजार २ सय ३३ नयाँ केस पुष्टि भएसँगै त्यहाँ संक्रमित संख्या १६ हजार ७ सय ५८ पुगेको छ। त्यसैगरी गुजरातमा संक्रमित संख्या ६ हजार ६ सय २५ पुगेको छ।

बुधवार दिल्लीमा ४ सय २८ नयाँ संक्रमित भेटिएका छन् र त्यहाँ कुल संक्रमित संख्या ५ हजार ५ सय ३२ पुगेको छ।

भारतमा अहिलेसम्म १० लाखभन्दा बढीको कोरोना परीक्षण गरिएको छ। भारतीय स्वास्थ्य मन्त्रालयले चाँडै नै परीक्षण दर दैनिक १ लाख बनाउने जनाएको छ।

उता, मध्य प्रदेशमा क्यान्सरसँग जुधिरहेका ८५ वर्षीय एक डाक्टरले कोरोनालाई जितेका छन्।

 

प्रकाशित: May 07, 2020| 09:00 बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।