शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खाडी मुलुकबाट पाँच लाख ३४ हजार श्रमिक तत्काल फर्किने तयारीमा

खाडी मुलुकबाट पाँच लाख ३४ हजार श्रमिक तत्काल फर्किने तयारीमा

वैदेशिक रोजगार बोर्डको सचिवालयद्वारा तयार प्रतिवेदनअनुसार कोभिड–१९ को संक्रमण र लकडाउनले रोजगारी, काम गर्ने समय र तलब कटौती भएपछि उनीहरू फर्किन खोजेका हुन्।
 |  बिहीबार, वैशाख २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०७७

काठमाडौं– रोजगारीका लागि खाडी मुलुकमा रहेकामध्ये पाँच लाख ३४ हजार श्रमिक स्वदेश फर्किने तयारीमा छन्।

वैदेशिक रोजगार बोर्डको सचिवालयद्वारा तयार प्रतिवेदनअनुसार कोभिड–१९ को संक्रमण र लकडाउनले रोजगारी, काम गर्ने समय र तलब कटौती भएपछि उनीहरू फर्किन खोजेका हुन्।

यसमध्ये बहराइन, यूएई, साउदी अरेबिया, कतार, ओमान र मलेसियाबाट एक लाख २७ हजार श्रमिकलाई तत्काल उद्धार गर्नुपर्ने अवस्था छ।

बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बुधबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा दिएको जानकारीअनुसार मलेसियामा नेपाली श्रमिकको संख्या तीन लाख २५ हजार छ।

भिसाको म्याद सकिएको र आममाफीका कारण तत्काल फर्किनुपर्नेमा सात हजार जना छन्। त्यसैगरी ३० हजार जना रोजगारी गुमाएर फर्कन लागेका छन्।

यस्तै, कतारमा तीन लाख ५२ हजार श्रमिक छन् । जसमा भिसाको म्याद सकिएको, आममाफी र रोजगार गुमाएका एक लाख ७५ हजार जना छन्।

साउदी अरेबियाबाट २० हजार, यूएईबाट १२ हजार र कुबेतबाट ९ हजार श्रमिकलाई तत्काल उद्धार गर्नुपर्ने छ।

प्रकाशित: May 07, 2020| 08:59 बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।