आज २५६४ औं बुद्ध जयन्ती। विगतमा हरेक वर्ष रास्ट्रपति, प्रधानमन्त्रीको उपस्थितिमा स्वदेशी तथा विदेशी बौद्ध धर्मावलम्बिको बीचमा मनाइने यो जयन्ती यस वर्ष लकडाउनकाा कारण सिमीत रुपमा पूजापाठ गरी मनाइने भएको छ ।
यसैबीच प्रदेश ५ काा मुख्यमन्त्री शंकर पोखरेलले बुद जयन्तीको अवसरमा भिडियो सन्देश दिएका छन् । उनले सन्देशमा भनेका छन्, 'बुद्धका उपदेश आज स्थापित ्बद्ध दर्शन बौद्ध धर्मावलम्वीका लागि मात्रै नभएर सम्पूर्ण मानव जातिकै लागि अमुल्य निधि भएका छन्।'
मुख्यमन्त्री पोखरेलले प्राचीन कपिलवस्तु र कोलीय गणराज्यमा धेरै स्थलहरु माटोमुनि दविएर रहेको समेत बताएका छन्। ती सम्पदास्थलको अन्वेषण गर्दै तिनलाई मानव जातिको अमूल्य निधिका रुपमा संरक्षित गर्नु आवश्यक रहेको उनको भनाइ छ।
पोखरेलले वुद्धकालीन सम्पदाका रुपमा रहेका ऐतिहासिक स्थलहरु तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटिहवा, सग्रहवा, अरौराकोट, सग्रहवाको खोज अनुसन्धान तथा पर्यटकीय हिसावले ती क्षेत्रको विकास जरुरी रहेको समेत बताएका छन्।
उनले भने, 'बौद्ध सम्पदास्थलको खोज र अनुसन्धानका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयसँग सहकार्य अघि बढेको छ । पर्यटन प्रवर्द्धनका लागि बृहत्तर ढंगले काम गर्न आवश्यक छ । त्यसका लागि पनि हामी योजनाबद्ध रुपले अघि बढिरहेका छौं ।'
विश्व शान्तिको कामनाका लागि र कोरोना विरुद्धको अग्रमोर्चामा खटिएका चिकित्सक सहितका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा सबैले आज साँझ घर—घरमा दीप प्रज्ज्वलन गर्न आग्रह पनि गरेका छन् ।