शनिबार, भदौ ६, २०८३

इरानमा फेरि बल्झियो कोरोना संक्रमण

मध्यपूर्वको इरानमा कोरोना भाइरसको संक्रमण पुनः बढेको छ। लगभग नियन्त्रणमा आइसकेको इरानमा बुधबार अचानक करिब १७ सय नयाँ संक्रमण फेला परेको छ।
 |  बिहीबार, वैशाख २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०७७

मध्यपूर्वको इरानमा कोरोना भाइरसको संक्रमण पुनः बढेको छ। लगभग नियन्त्रणमा आइसकेको इरानमा बुधबार अचानक करिब १७ सय नयाँ संक्रमण फेला परेको छ।

यो संख्या ११ अप्रिलपछि सबैभन्दा बढी हो। योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ।

पछिल्लो २४ घण्टामा इरानमा ७८ जनाको मृत्यु भएको छ भने कुल मृतकको संख्या ६ हजार ४१८ पुगेको छ।

पछिल्ला चार दिनमा संक्रमण लगातार बढिरहेको छ। त्यहाँ कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको बीबीसीले बताएको छ। गत डिसेम्बर अन्तिममा चीनमा पहिलोपटक कोरोना देखिएकोमा त्यसपछि इरानमा सल्केको थियो।

संक्रमण केही नियन्त्रणमा आएपछि इरानमा अप्रिल ११ देखि लकडाउन खुकुलो पारिएको थियो। कम जोखिम मानिएका क्षेत्रमा मस्जिद समेत खुलेका थिए।

यसैबीच, मध्यपूर्वका मुलुकमा कोरोना भाइरस फैलाउन इरान जिम्मेवार रहेको बीबीसीले दाबी गरेको छ। बीबीसीको अरबी सेवाले दाबी गरेअनुसार इरानको एक एयरलाइन्स कम्पनी यसमा मुख्य जिम्मेवार छ।

फ्लाइट ट्रयाकिङ डाटा तथा ओपन सोर्स भिडियोहरुको विश्लेषणपछि बीबीसी यो निष्कर्षमा पुगेको उसले बताएको छ। इरानको ‘महान’ एयरलाइन्स कोरोना संक्रमित केही यात्रु लिएर इराक र लेबनान गएको थियो।

सरकारको प्रतिबन्धका बाबजुद इरानको सबैभन्दा ठूलो उक्त विमान कम्पनीले आफ्नो उडान जारी राखेको थियो।

एयरलाइन्स सम्बद्ध सूत्रका अनुसार विमानको क्याबिन क्रुका दर्जनौं सदस्यमा कोरोनाको लक्षण देखिएको थियो। यसबारे कर्मचारीले आवाज नउठाएका पनि होइनन्। तर, उनीहरुलाई चुप गराइयो।

 

प्रकाशित: May 07, 2020| 08:00 बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।