वीरगञ्ज- एकै परिवारका १७ जनामा कोरोना भाइरसको संक्रमण फेला परेपछि वीरगञ्जमा सन्त्रास फैलिएको छ।
संक्रमित व्यक्ति सामाजिक कार्यकर्ता भएको र उनी धेरै ठाउँमा पुगेको थाहा भएपछि उनको सम्पर्कमा आएका व्यक्तिको पहिचान र परीक्षणमा पनि समस्या उत्पन्न भएको छ।
त्यसमाथि परीक्षणका लागि पर्याप्त किट समेत नरहेको नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट मदन उपाध्यायले जानकारी दिएका छन्।
जियालाल साहले खिचेका बन्दाबन्दीमा सुनसान वीरगञ्जका तस्वीरहरु: