मंगलबार, असार ३०, २०८३

कोरोनापछि मैदान फर्कने पहिलो लिग बन्दै ‘बुन्डेसलिगा’

जर्मन सरकारले लिग फुटबल गराउनका लागि अनुमति प्रदान गरेको छ। यो महिनाको अन्त्यबाट खेल सुरु गर्नेगरि अनुमति दिएको चान्सलर एन्जेला मर्केलले बताएकी छिन्।
 |  बुधबार, वैशाख २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०७७

जर्मन सरकारले लिग फुटबल गराउनका लागि अनुमति प्रदान गरेको छ। यो महिनाको अन्त्यबाट खेल सुरु गर्नेगरि अनुमति दिएको चान्सलर एन्जेला मर्केलले बताएकी छिन्।

जर्मनीमा मध्यमार्चबाट फुटबल प्रतियोगिता स्थगित गरिएको थियो। स्थगन भएको दुई महिना हुनलाग्दा जर्मन फुटबल लिग(डीएफएल) फेरि खेल सुरु गर्न स्वतन्त्र भएको हो। यदी सफलतापूर्वक खेल आयोजना भएमा बुन्डेसलिगा कोरोनापछि सुरु हुने पहिलो युरोपियन लिग हुने छ।

खेल सुरु हुने मिति भने डीएफएलले तोक्ने बताइएको छ। प्रतियोगिता भने बन्द रंगशालामा गराइने भएको छ।

दुई दिन अघि १७२४ खेलाडीमा गरिएको कोरोना परीक्षणमा बुन्डेसलिगा क्लबका १० खेलाडीलाई कोरोना संक्रमण भेटिएको थियो। जसकारण लिगले खेल गर्ने अनुमति पाउने हो वा होइन भन्ने दुविधा पैदा भएको थियो। तर, क्लब र लिगको मागलाई सदर गर्दै जर्मन सरकारले खेल गराउन ग्रिन सिग्नल दिएको हो।

बुन्डेसलिगाका प्रमुख क्लबहरुले अब ९ खेल खेल्न बाँकी रहेका छन्।

जर्मनीमा हालसम्म एक लाख ५० हजारभन्दा धेरै मानिसमा कोरोना पुष्टी भइसकेको छ। जसमध्ये ६ हजार ३ सय मानिसको मृत्यु भएको छ। महामारीका कारण जर्मनीका दुई छिमेकी देश फ्रान्स र नेदरल्यान्डले भने प्रतियोगिता रद्द गरिसकेका छन्।

प्रकाशित: May 06, 2020| 20:23 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।