मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • टर्कीमा लिग खेलाउने तयारी, च्याम्पियन्स लिगको फाइनल पनि आयोजना गर्ने

टर्कीमा लिग खेलाउने तयारी, च्याम्पियन्स लिगको फाइनल पनि आयोजना गर्ने

टर्कीको फुटबल एसोसिएनले जुन १२ बाट फुटबल खेल सुचारु गर्ने भएको छ।
 |  बुधबार, वैशाख २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०७७

टर्कीको फुटबल एसोसिएनले जुन १२ बाट फुटबल खेल सुचारु गर्ने भएको छ। एसोसिएसनका अध्यक्ष निहात ओज्देमिरले पत्रकार सम्मेलन गर्दै जुन १२ बाट लिग सुरु गरेर जुलाईको अन्तिमसम्ममा सबै खेल सक्ने योजना बनाएको हो।

टर्कीले घरेलु प्रतियोगिताको साथै टर्कीले च्याम्पियन्स लिगको फाइनल गराउन पनि तयारी गरिरहेको छ। एसोसिएसनका अध्यक्ष निहातले भने, “हाम्रो राष्ट्र च्याम्पियन्स लिगको फाइनल खेल गर्न सक्षम छ।”

स्तानबुलस्थित अटरुक ओलम्पिक स्टेडियनमा च्याम्पियन्स लिगको फाइनल आयोजना गर्ने तयारी छ। तर, प्रतियोगिता मार्च २३ बाट अनिश्चितकालका लागि स्थगित गरिएको छ।

फ्रान्सको लिग वान रद्ध भएसँगै च्याम्पियन्स लिगको यो सिजनमा धेरै अप्ठेरा छन्। तर, युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले जसरी भए पनि प्रतियोगिता गराउने बताउँदै आएको छ।

घरेलु लिग सञ्चालन भए च्याम्पियन्स लिग पनि सँगै गराउने युईएफएको योजना छ। घरेलु प्रतियोगिता स्थगन भएमा युरोपियन क्लब च्याम्पियनसिप घरेलु सिजन सकिएपछि हुनेछ।

स्काई स्पोर्ट्स

 

प्रकाशित: May 06, 2020| 19:21 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।