शनिबार, भदौ ६, २०८३

सचिवालय बैठकबाट ओली बाहिरिए

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकबाट अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका छन्।
 |  बुधबार, वैशाख २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०७७

 

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकबाट अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका छन्।

बैठकमा नेता माधव नेपालले प्रधानमन्त्री ओलीले तत्कालै राजीनामा गर्नु पर्ने प्रस्ताव गरेपछि ओली बैठक छोडेर हिडेको बुझिएको छ।

पार्टीभित्रको विवाद समाधानका लागि भोलि बस्ने स्थायी समितिको बैठकको अजेण्डा तय गर्न अहिले बालुवाटारमा सचिवालय बैठक जारी छ।

यसअघि विहान ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलबाट पनि दाहाल असन्तुष्ट भएर निस्किएका थिए।

यसैबीच, भोलि दिउँसो ११ बजे स्थायी कमिटी बैठक बस्ने तय भएको छ।

स्थायी समिति सदस्य गणेश साहका अनुसार पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बस्ने खबर दिइएको छ।

प्रकाशित: May 06, 2020| 17:46 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।