शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवा-ओली टेलिफोन संवाद : 'नेपालीको उद्धारमा सरकार गम्भीर बनोस्'

देउवा-ओली टेलिफोन संवाद : 'नेपालीको उद्धारमा सरकार गम्भीर बनोस्'

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा रहेका नेपालीको उद्धारमा व्यवस्थित योजना बनाएर कार्यान्वयन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्।
 |  बुधबार, वैशाख २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०७७

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा रहेका नेपालीको उद्धारमा व्यवस्थित योजना बनाएर कार्यान्वयन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्।

बुधबार ओलीलाई टेलिफोन सम्पर्क गर्दै देउवाले कुवेत सरकारको सेल्टरमा राखिएका करिब ३ हजार एवं मध्यपूर्वका अन्य देशमा अप्ठ्यारोमा रहेका र विश्वभर अप्ठ्यारोमा रहेका नेपालीलाई क्रमशः उद्धार गर्ने बारे सरकारले ब्यवस्थित योजना बनाएर क्रमशः कार्यान्वयन गर्नुपर्ने बताएका हुन्।

यस्तै सभापति देउवाले नेपालगन्जमा युद्धस्तरमा परीक्षण व्यापक रुपले गरेर स्थिति थप जटिल बन्न नदिन र सन्त्रासमा रहेका नगरवासीलाई आश्वस्त राख्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्। साथै देशभर पीसीआर प्रविधिद्वारा परीक्षण द्रुत गतिमा विस्तार गर्न तथा भारतका विभिन्न राज्यमा अलपत्र परेका नेपालीको उद्धारमा पनि पहल गर्न सरकारसमक्ष देउवाले माग गरेका छन्।

सभापति देउवाले अप्ठेरोमा परेका नेपालीको उद्धार गर्नु सरकारको कर्तव्य भएको पनि प्रधानमन्त्री ओलीलाई स्मरण गराएका छन्।

 

प्रकाशित: May 06, 2020| 17:37 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।