शनिबार, भदौ ६, २०८३

पर्साका सबै १७ कोरोना संक्रमित एकै परिवारका सदस्य

पर्साको वीरगंजमा बुधबार एकै दिन कोरोना संक्रमित भेटिएका १७ जना एउटै परिवारका सदस्य रहेको खुलुको छ।
 |  बुधबार, वैशाख २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०७७

पर्साको वीरगञ्जमा बुधबार एकै दिन कोरोना संक्रमित भेटिएका १७ जना एउटै परिवारका सदस्य रहेको खुलेको छ।

संक्रमितहरु सबै वीरगञ्ज उपमहानगरपालिका–३ को छप्कैया टोलका एकै परिवारका सदस्यहरु रहेको उपक्षेत्रीय अस्पताल वीरगञ्जले जनाएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले नयाँ संक्रमित सबै एकै परिवारको सदस्यहरु रहेको जानकारी दिए।

‘आइतबार संक्रमित भेटिएका ३६ वर्षीय पुरुषको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा उनको परिवारका सबै सदस्यहरुमा संक्रमण भेटिएको हो,’ डा. उपाध्यायले भने, ‘लोकल ट्रान्समिसन भएको छ।’

अस्पतालका अनुसार संक्रमित हुनेमा दुई महिने, ६ महिने शिशु, ३, ४, ६ वर्षीय बालकहरु पनि छन्। संक्रमित सबैमा कोरोनाको कुनै लक्षण नदेखिएको डाक्टर उपाध्यायले बताए।

उनीहरुलाई उपचारका लागि अस्पताल ल्याउन थालिएको अस्पतालले जनाएको छ।

डा. उपाध्यायका अनुसार यसअघि संक्रमित भेटिएका युवकले आफू विदेशबाट पनि नआएको र जमाती पनि नबसेको अस्पताललाई बताएका छन्।
उनलाई कताबाट संक्रमण फैलियो त्यो बारेमा अनुसन्धान भैरहेको उपाध्यायले बताए।

नयाँ थपिएका संक्रमितमध्ये ७ जना महिला र १० जना पुरुष छन्। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ।

प्रकाशित: May 06, 2020| 17:25 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।