शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अस्ट्रेलियाले विमान चार्टर्ड गरेर लग्याे २८१ नागरिक

अस्ट्रेलियाले विमान चार्टर्ड गरेर लग्याे २८१ नागरिक

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमकाे विमान २८१ विदेशी नागरिक बोकेर अस्ट्रेलिया उडेको छ।
 |  बुधबार, वैशाख २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०७७

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमकाे विमान २८१ विदेशी नागरिक बोकेर अस्ट्रेलिया उडेको छ। लकडाउनका कारण नेपालमा रोकिएका १७ बालबालिकासहित २८१ अस्ट्रेलियन नागरिक बोकेर निगमको वाइड बडी जहाज सिड्नीका लागि उडान भरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

अस्ट्रेलियाले निगमको वाइड बडी जहाज चार्टर्ड गरी आफ्ना नागरिक स्वदेश फिर्ता लगेको हो। नेपालस्थित अस्ट्रेलियन दूतावासले चार्टर्ड गरेको यो जहाजमा अस्ट्रेलियन र केही न्युजिल्यान्डका नागरिक रहेको जनाइएको छ। काठमाडौँ विमानस्थलबाट दिउँसो सिड्नी उडेको वाइड बडी जहाजले मलेसियाको क्वालालम्पुर ट्रान्जिट हुँदै साढे १२ घण्टाको उडान तय गरी गन्तव्यमा पुग्नेछ। निगमको वाइड बडी जहाज बिहीबार साँझ काठमाडौँ विमानस्थलमा अवतरण गर्नेछ।

निगमको अस्ट्रेलियामा  चार्टर्ड उडान दोस्रो हो। यसअघि चैत १९ गते अष्ट्रेलियाको ब्रिश्वेनमा चार्टर्ड उडन गरेको थियो। मलेसिया ट्रान्जिट हुँदै अस्ट्रेलियासम्मको उक्त उडान करिब १३ घण्टाको थियो। निगमको अर्को वाइड बडी जहाजले आजै चीनको राजधानी बेइजिङमा कार्गो उडान गर्दै छ। साँझ ५ः३० बजे बेइजिङ उड्ने जहाज बिहीबार काठमाडौँ फर्कने तालिका छ।-रासस

प्रकाशित: May 06, 2020| 16:50 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।