शनिबार, भदौ ६, २०८३

जनकपुरका पत्रकारले गराए कोरोना परीक्षण

जनकपुरधाम– कोरोना संक्रमण फैलिरहेका बेला जनकपुरका पत्रकारहरुले स्वाब परीक्षण गरएका छन् । कोरोना महामारीसम्बन्धी समाचार संकलनका लागि फिल्डमा खटिने पत्रकारहरुले स्वस्फूर्त रुपमा स्वाब परीक्षण गराएका हुन् ।
 |  बुधबार, वैशाख २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०७७

जनकपुरधाम– कोरोना संक्रमण फैलिरहेका बेला जनकपुरका पत्रकारहरुले स्वाब परीक्षण गरएका छन् । कोरोना महामारीसम्बन्धी समाचार संकलनका लागि फिल्डमा खटिने पत्रकारहरुले स्वस्फूर्त रुपमा स्वाब परीक्षण गराएका हुन् ।

नेपाल पत्रकार महासंघको पहल र नेपाली सेनको संयोजनमा जनकपुरका २५ जना पत्रकारहरुको स्वाब संकलन गरिएको हो । क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित श्री श्रीनाथ गणको संयोजनमा प्रादेशिक प्रयोगशालाका स्वास्थ्यकर्मीहरुले पत्रकारहरुको स्वाब संकलन गरेको छ ।

लकडाउनको अवधिमा समेत जनतालाई सुसूचित गराउने दायित्व निर्वाह गर्दै निरन्तर फिल्डमा खटिइनुपर्ने भएकोले सम्भावित जोखिमलाई दृष्टिगत कोरोना परीक्षण गराएको पत्रकारहरुले बताएका छन् ।

कोरोमा महामारी फैलिइरहेको बेला निरन्तर अग्रमोर्चामा खटिने पत्रकारहरुको जोखिमलाई ध्यानमा राखेर स्वाब परीक्षण गरिएको  महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रले जानकारी दिए ।

प्रकाशित: May 06, 2020| 16:50 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।