काठमाडौं- बहराइनमा रहेका २४५ नेपालीलाई कोरोना भाइरस संक्रमण भएको छ। मान्मास्थित नेपाली दूतावासका अनुसार त्यहाँ अहिलेसम्म १९५० जना संक्रमित भएका छन्।
दूतावासले बहराइनमा रहेका सैब नेपालीमा पर्न गएका समस्या सम्बोधन गर्न अनलाइनमार्फत फारामको व्यवस्था छ। अप्ठ्यारो स्थितिमा रहेका नेपालीलाई दूतावासको वेबसाइटमा राखिएको फाराम भरेर सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ।
बहराइनमा अवैधानिक रुपमा बिना कागजात बसेका कामदारका लागि वैधाननिक हुन वा बहराइन छाड्न ३१ डिसेम्बर २०२० सम्म माफी दिने निर्णय भएको दूतावासले जनाएको छ। कोरोना भाइरस संक्रमणबाट बहराइनमा अहिलेसम्म ८ जनाको मृत्यु भएको छ।