शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउनमा पुतलीसडकको स्वरुप फेरिँदै, अब हुने छैन डुबान (भिडियो)

लकडाउनमा पुतलीसडकको स्वरुप फेरिँदै, अब हुने छैन डुबान (भिडियो)

लकडाउनको समयलाई सदुपयोग गर्दै काठमाडौंको पुतलीसडकमा ढल मर्मतको कामलाई तिब्र पारिएको छ।
 |  बुधबार, वैशाख २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०७७

काठमाडौं- लकडाउनको समयलाई सदुपयोग गर्दै काठमाडौंको पुतलीसडकमा ढल मर्मतको कामलाई तिब्र पारिएको छ। ठूलो वर्षा हुना साथ डुबान हुने राजधानीको मुख्य क्षेत्र पुतली सडकमा सडक विभागले ढल मर्मत कार्य गरिरहेको छ।

अघिपछि अत्यन्तै व्यस्त हुने सो सडक क्षेत्र लकडाउनका बेला मर्मत गर्न लागिएको विभागले जनाएको छ। सरकारले लकडाउनको अबधि थप्दै गएपछि पुतली सडकको ढल व्यवस्थापन कार्य गर्न सहज भएको विभागले जनाएको छ।

पुतली सडकमा ठूला ह्युम पाइप राख्ने, फुटपाथ मर्मत गर्ने र कालोपत्रे गरिने जनाइएको छ।

ढल मर्मतका लागि पुरै सडक बन्द गरिएको छ। विभागका अनुसार पीआर कन्स्ट्रक्सनले ढल मर्मत, फुटपाथ तथा कालोपत्रेको ठेक्का प्राप्त गरी काम गरिराखेको छ।

 

प्रकाशित: May 06, 2020| 16:40 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।