शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता र बिमा सुनिश्चित गर्न माग

स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता र बिमा सुनिश्चित गर्न माग

कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन भत्ता र बिमाको सुनिश्चित गर्न माग गरिएको छ।
 |  बुधबार, वैशाख २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०७७

नेपालगन्ज– कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन भत्ता र बिमाको सुनिश्चित गर्न माग गरिएको छ।

नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्यसमिति बाँकेको बुधबार बसेको आकस्मिक बैठकले यस्तो माग गरेको हो। सचिव देविलाल चौलागाईका अनुसार बैठकले परीक्षणको दायरा बढाउँदै संक्रमण फैलिएको क्षेत्र र कन्ट्याक्ट ट्रेसिङ गरी सम्पर्कमा आएका सबैको यथाशीघ्र परीक्षण गरिनुपर्ने मागसमेत गरेको छ।

बैठकले नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीहरूलाई पीपीईसहित सबै स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था गरिनुपर्ने तथा बिरामीको सम्पर्कमा आएका स्वास्थ्यकर्मी र कर्मचारीहरूको परीक्षण गर्नुपर्ने माग गरेको छ।

‘भिडियो कन्फरेन्स’मार्फत भएको बैठकले जिल्ला प्रशासन कार्यालयलगायत सम्बन्धित निकायसँग छलफल र समन्वय गरी राहत, उपचारका साथै अन्य के–कस्तो सहयोग गर्न सकिन्छ भन्ने बारेमा छलफलपछि निर्णय गर्ने जनाएको छ।

यस्तै, बैठकले महामारीको बेला धैर्य एवं संयम रहन र सरकार तथा स्थानीय प्रशासनद्वारा जारी आदेश र निर्देशनको पूर्ण पालना गर्न आमनागरिकमा अनुरोधसमेत गरेको छ।

प्रकाशित: May 06, 2020| 16:22 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।