मंगलबार, असोज २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा नेताहरुको दौडधुप : बालुवाटरदेखि बालुवाटारसम्म

नेकपा नेताहरुको दौडधुप : बालुवाटरदेखि बालुवाटारसम्म

भोलिको स्थायी कमिटी बैठकको तयारीमा नेकपा शीर्ष नेताहरुको सक्रियता निकै बढेको छ।
 |  बुधबार, वैशाख २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०७७

काठमाडौं– भोलिको स्थायी कमिटी बैठकको तयारीमा नेकपा शीर्ष नेताहरुको सक्रियता निकै बढेको छ।

कोभिड– १९ को संकटका बीच नेकपाको आन्तरिक कलह बढ्दै गएका बेला आज विहानै नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो।

स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने प्रतिवेदनका विषयमा दुई अध्यक्षबीच कुरा नमिलेको नेकपा स्रोत बताउँछ। आज विहानको छलफलमा पनि कुरा नमिलेपछि रिसाउँदै निस्किएका दाहाल सचिवालय बैठकमा सहभागी हुन फेरि बालुवाटार पुगेका छन्।

दाहालका प्रेस संयोजक विष्णु सापकोटा भन्छन, ‘विहान दुबै नेताबीच छलफल भएको हो तर, रिसाएर निस्किएको भन्ने चाहिँ थाहा भएन।’

आजको सचिवालय बैठकले भोलि बस्ने स्थायी समिति बैठकको अजेण्डा तय गर्नेछ।

स्थायी कमिटीमा दाहाल–नेपाल समूह बहुमतमा रहेकाले ओली पक्ष सकेसम्म थोरै मुद्दा बैठकमा लैजाने प्रयासमा छ। उता दाहाल–नेपाल समूह भने ओलीमाथि दबाब बढाउने र आफ्ना अजेण्डा पारित गराउने तयारीमा छ।

पार्टी र सरकारको कामको समिक्षा, अध्यादेश प्रकरण, स्वास्थ्य सामाग्री खरिद प्रकरण र पार्टीभित्र जिम्मेवारी बाँडफाँड मुद्दालाई स्थायी समिति बैठकमा प्रवेश गराउने तयारीमा रहेको दाहाल–नेपाल समूह आफू पनि बेग्लै बैठक गरिरहेको छ।

उता प्रधानमन्त्री ओलीले पनि स्थायी कमिटी सदस्यहरुलाई बालुवाटार बोलाउँदै बैठकलाई आफ्नो पक्षमा पार्ने कोशिस गरिरहेका छन्।

प्रकाशित: May 06, 2020| 15:30 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।