शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं छिर्न खोज्ने सयभन्दा बढी सवारीसाधन फर्काइए

काठमाडौं छिर्न खोज्ने सयभन्दा बढी सवारीसाधन फर्काइए

पछिल्लो समय विभिन्न बहानामा काठमाडौँ उपत्यकामा भित्रने सवारी साधनको सङ्ख्या बढिरहेको बेला मङ्गलबार भने अत्यावश्यकबाहेकका १०३ सवारी साधन फर्काइएको छ।
 |  बुधबार, वैशाख २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०७७

पछिल्लो समय विभिन्न बहानामा काठमाडौँ उपत्यकामा भित्रने सवारी साधनको सङ्ख्या बढिरहेको बेला मङ्गलबार भने अत्यावश्यकबाहेकका १०३ सवारी साधन फर्काइएको छ।

विश्वभरि फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशभरि लकडाउन गरेको छ । जसका कारण अत्यावश्यकबाहेक सवारी एक स्थानबाट अर्को स्थानमा आउन–जान रोक लगाएको छ ।

यसै क्रममा आज काडमाडौँ महानगरपालिकाको उपप्रमुख हरिप्रभा खड्गी नागढुङ्गा हुँदै काठमाडौँ उपत्यका भित्रन खोज्ने सवारी साधन र मानिसको आवागमनका विषयमा जानकारी लिनका लागि धादिङको सिमाना खत्रीपौवा पुगेकी थिइन्।

उपप्रमुख खड्गीलाई जानकारी लिने क्रममा महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिँदै सोमबार ३७ सवारीलाई यहीँबाट फकाईएको र मङ्गलबार १०३ सवारीसाधन फर्काइएको बताए।

पछिल्लो समय लकडाउन भए पनि विभिन्न बहानामा र पहुँचको आधारमा पास बनाइ सवारी साधन बाहिरी जिल्लाबाट आउने क्रम बढेपछि अहिले उपत्यका भित्रने सबै नाकामा कडाइ गरिएको हो । काठमाडौँको जनजीवनलाई सहज बनाउन अत्यावश्यक सामग्री ल्याएका र एम्बुलेन्सलाई मात्र उपत्यका प्रवेश दिएको र अन्यलाई फर्काइएको बताइएको छ ।

रासस

प्रकाशित: May 06, 2020| 14:05 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।