शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महाकालीमा बगेकी महिलालाई जिवितै उद्धार गर्ने प्रहरीलाई सम्मान

महाकालीमा बगेकी महिलालाई जिवितै उद्धार गर्ने प्रहरीलाई सम्मान

महाकाली नदीमा बगेकी महिलाई जिवितै उद्धार गर्ने दार्चुलामा दुई प्रहरी जवान पुरस्कृत भएका छन्।
 |  बुधबार, वैशाख २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०७७

दार्चुला – महाकाली नदीमा बगेकी महिलाई जिवितै उद्धार गर्ने दार्चुलामा दुई प्रहरी जवान पुरस्कृत भएका छन्। बैशाख १४ गते महाकाली नदीमा बगेकी ३० वर्षीय सपना तिंकरी ऐतवाललाई जिवितै उद्धार गर्ने दुई प्रहरी जवानलाई पुरस्कृत गरिएको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी जवान सुरज महतो र शेर बोहरालाई सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले नगदसहित पुरस्कृत गरेका हुन्।

प्रहरी जवानहरुले देखाएको साहसको मूल्यांकन गर्दै उनीहरुलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए।

उनीहरुको मनोवल उच्च राख्न प्रतिव्यक्ति एक हजार पाँच सय रुपैयाँले पुरस्कृत गरिएको जोशीले बताए। नदीमा बगेकी ऐतवाललाई प्रहरी जवान द्वयले आफ्नो ज्यान जोखिममा राखेर महाकालीबाट उद्धार गरेका थिए।

महाकाली नदीमा करिब आधा किलोमिटर बगेकी ऐतवाललाई प्रहरीले जिवितै उद्धार गरी जिल्ला अस्पताल दार्चुलामा भर्ना गरेको थियो। जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि उनलाई सेनाको हेलिकप्टरमार्फत नेपालगंज लगिएको भएपनि उपचारका क्रममा उनको मृत्यु भएको थियो।

प्रकाशित: May 06, 2020| 14:00 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।