मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • कोरोनाविरुद्धको लडाईमा इंग्ल्यान्ड र स्कटल्याण्डका खेलाडीको आर्थिक सहयोग

कोरोनाविरुद्धको लडाईमा इंग्ल्यान्ड र स्कटल्याण्डका खेलाडीको आर्थिक सहयोग

इंग्ल्यान्ड र स्कटल्यान्डका राष्ट्रिय टिमका खेलाडीले सन् २०१८ सेप्टेम्बर यताको म्याच फी राष्ट्रिय स्वास्थ्य सेवा(एनएचएस) लाई दिएका छन्। उनीहरुले एनएचएसले राम्रो काम गरेको भन्दै सहयोग गरेका हुन्।
 |  बुधबार, वैशाख २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०७७

इंग्ल्यान्ड र स्कटल्यान्डका राष्ट्रिय टिमका खेलाडीले सन् २०१८ सेप्टेम्बर यताको म्याच फी राष्ट्रिय स्वास्थ्य सेवा(एनएचएस) लाई दिएका छन्। उनीहरुले एनएचएसले राम्रो काम गरेको भन्दै सहयोग गरेका हुन्।

उनीहरुले प्रिमियर लिगका खेलाडीसँग मिलेर ‘प्लेयर्स टुगेदर मुभमेन्ट’ नाम दिँदै सहयोग गरेका हुन्। गत महिना इंग्ल्यान्डका महिलाले पनि आर्थिक सहयोग गरेका थिए। इंग्ल्यान्डका खेलाडीसँगै स्कटल्यान्डका खेलाडीले पनि उनीहरुसँग हात मिलाएका हुन्।

विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना भाइरस(कोभिड–१९)विरुद्धको लडाईमा एनएचएसले अगाडि आएर इंग्ल्यान्डमा काम गरिरहेको छ।

एनएचएसलाई सहयोग गरिएको बारे खेलाडीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो समग्र प्रार्थना र सहयोग कोरोना प्रभावितका लागि रहने छ। संकटको समयमा हामी राष्ट्रलाई साथ दिन चाहन्छौं।’

‘हामी सबै चिकित्सकको सल्लाहअनुरुप घरमा बसिरहेका छौं र एनएचएसले समाजलाई कसरी सहयोग गरिरहेको छ भनेर हेरिरहेका छौं,’ स्कटल्यान्ड पुरुष फुटबलका कप्तान एन्डी रोबर्टसनले भने, ‘हामी फ्रन्टलाइनका नर्स, डाक्टर र स्वाथ्यकर्मीको स्वयंसेवाबाट ज्यादै प्रभावित छौं।’

खेलाडीले २०१८ को विश्वकप यताको म्याच फी सहयोग गरेका हुन्। त्यसयता खेलाडीले १६ अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

प्रकाशित: May 06, 2020| 13:50 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।