शनिबार, भदौ ६, २०८३

कैलाली र मकवानपुरमा ठूलो परिमाणमा मदिरा जफत

लकडाउनको समयमा कैलाली र मकवानपुरमा प्रहरीले ठूलो परिणाममा मदिरा बरामद गरेको छ। दुवै जिल्लाबाट ठूलो परिणाममा सिलप्याक र अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको प्रहरीले जनाएको छ।
 |  बुधबार, वैशाख २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०७७

लकडाउनको समयमा कैलाली र मकवानपुरमा प्रहरीले ठूलो परिणाममा मदिरा बरामद गरेको छ। दुवै जिल्लाबाट ठूलो परिणाममा सिलप्याक र अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको प्रहरीले जनाएको छ।

दुबै जिल्लाबाट गरी एक हजार दुई सय ६२ बोतल सिलप्याक र करिव साढे सात हजार लिटर अवैध घरेलु मदिरा बरामद गरेको प्रहरीले जनाएको छ।

कैलालीको टीकापुरबाट लकडाउन अवधिभर बेवारिसे अवस्थामा एक हजार दुई सय बोतल सिल प्याक मदिरा तथा ६ हजार ८ सय लिटर अबैध घरेलु मदिरा बरामद गरेको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बरामद अबैध घरेलु मदिरा सरोकारवालाको रोहबरमा नष्ट गरिएको र सिल प्याक मदिरा कर दाता सेवा कार्यालय लम्कीमा आवश्यक कारबाहिका लागि पठाइएको जानकारी दिए।

यस्तै मकवानपुर प्रहरीले बुधबार बिहान हेटौडा उप–महानगरपालिका–११ थानाभर्याङस्थित पूर्व पश्चिम लोकमार्गको सडक खण्डमा दुई वटा म्याजिकमा लुकाई राखेको २५ वटा ग्यालिनमा करिव साढे ६ सय लिटर अबैध घरेलु मदिरा बरामद गरेको जनाएको छ। प्रहरीले उक्त मदिरा नष्ट गरेको छ।

प्रकाशित: May 06, 2020| 13:25 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।