बिहीबार, भदौ ४, २०८३

मौसम बदली सोमबारसम्म, तर ठूलो पानी नपर्ने

सोमबारसम्म मौसम बदली हुने तर ठूलो वर्षा नहुने पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।
 |  शनिबार, भदौ २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २६, २०७८

काठमाडौं– सोमबारसम्म मौसम बदली हुने तर ठूलो वर्षा नहुने पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

महाशाखाका अनुसार तीन दिनसम्म मौसम सफा नरहे पनि ठूलो वर्षाको सम्भावना छैन। मनुसन भने अक्टोबर पहिलो सातासम्म नै सक्रिय रहनेछ। 

महाशाखाका अनुसार हाल नेपालमा भारतको पूर्वी राजस्थान आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ। साथै  मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ छ।

केही दिनसम्म देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

आइतबार दिउँसो देशको अधिकांश भू–भागमा  सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यसैगरी सोमबार देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 


प्रकाशित: Sep 11, 2021| 19:21 शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।