शनिबार, भदौ ६, २०८३

बन्द उद्योगधन्दा सञ्चालन गर्नुपर्छ : देउवा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण बन्द रहेका उद्योग कलकारखाना खुला गर्नुपर्ने बताएका छन्।
 |  बुधबार, वैशाख २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण बन्द रहेका उद्योग कलकारखाना खुला गर्नुपर्ने बताएका छन्। उनले सधैं कलकारखाना बन्द गरेर राख्न नहुने बताएका हुन्।

सरकारको नीति तथा कार्यक्रमका विषयमा उद्योगी व्यवसायीसँग कांग्रेसले गरेको अन्तरक्रियामा सभापति देउवाले देशमा आउने रेमिट्यान्स घट्ने भएकाले समस्या आउने बताए।

‘रेमिटेन्सको समस्या आउन थालेको छ। अरबबाट नेपाली श्रमिक फिर्ता पठाउन थालिएको छ। भोलि समस्या बढ्दै जानेछ’, देउवाले भने, ‘उद्योग व्यापार खुल्नुपर्यो। नेपालमा फोरेन करेन्सी कम हुने सम्भावना बढेको छ। यसको असर बजेटमा पर्नेछ।’

‘होटल व्यवसायीहरुले व्याजदर घटाउनुपर्छ भन्नुभएको छ। यसमा पनि विचार गरिनुपर्छ’, उनले भने, ‘उत्पादन नै बिक्री गर्न नसक्ने अवस्था आउन सक्छ। होटल बन्द छ। पर्यटन व्यवसाय पनि ठप्प छ। नेपालीहरु पनि यताउता जान पाएका छैनन्।’

उनले भारतीय सिमानामा अलपत्र परेका नेपालीलाई तत्काल फिर्ता ल्याउन आफूले आजै प्रधानमन्त्रीसँग कुरा गरेको जानकारी दिए।

कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले अर्थतन्त्रको पुनरुत्थानका लागि विशेष राहत प्याकेज आवश्यक रहेको बताए। कोरोनाले पुर्याएको क्षतिको प्रभाव लामो समय रहने र तुरुन्तै अर्थतन्त्र पहिलेको स्थानमा आउन सम्भव नभएको भन्दै उनीहरुले प्याकेज माग गरेका हुन्।

 

प्रकाशित: May 06, 2020| 12:33 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।