मंगलबार, असार ३०, २०८३

इंग्ल्यान्डले प्रिमियर लिग पुनः सञ्चालनबारे योजना ल्याउँदै

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीपछि स्थगित भएको प्रिमियर लिग सञ्चालनबारे इंग्ल्यान्डले चासो देखाएको छ।
 |  बुधबार, वैशाख २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०७७

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीपछि स्थगित भएको प्रिमियर लिग सञ्चालनबारे इंग्ल्यान्डले चासो देखाएको छ।

इंग्ल्यान्डका विदेश सचिव डोमिनिक राबले खेल र खेल रहने मानिसको भीडले सबैको ध्यान खिचेको पनि बताएका छन्। उनले भने, “कोरोना भाइरस (कोभिड–१९)को महामारीमा खेल र मानिसको भीडभाडलाई सक्रियताका साथ हेर्न थालिएको छ।”

उनले खेलले मानिसको आत्मबल बढाउने बताउँदै नयाँ योजना आउँदै गरेको पनि बताएका छन्। उनले थपे, “खेलले राष्ट्रको आत्मा ब्युँताउँछ। मलाई लाग्छ– मानिसहरू काम गर्न र स्टेजमा आउन मात्र नभएर समयसँगै रामाउन पनि पहिलेजस्तो समय चाहान्छन्।”

तर, उनले यी सबै कामहरू सुरक्षित हुने र कोरोनाको जोखिम कम भएपछि मात्र सम्भव हुने बताएका छन्।

जुन १२ बाट प्रिमियर लिग पुनः सुरु हुने इंग्ल्यान्ड फुटबल एसोसियसनले बताएकोे छ।

राबले भने, “सरकारले खेल संघहरुसँग विकासशील कामबारे समन्वय गरिरहेको छ। र, सरकारले खेलाडीहरुका लागि प्रशिक्षणको व्यवस्थाका लागि पनि सोचिरहेको छ। त्यसले संस्कृति तथा खेल सचिवहरुले बन्द रंगशालामै खेल फर्काउनेबारे काम गरिरहेका छन्। जब हामी यसको दोस्रो स्टेजमा पुग्छौं। हामी अवश्य पनि नतिजामा पुग्नेछौं।”

उनले खेललाई दिगो रुपमा अघि बढाउन मेडिकल र विज्ञानका विज्ञहरुसँग छलफल गरिरहेको पनि बताएका छन्।

कोरोना महामारीका कारण विश्वभर खेल गतिविधि ठप्प छन्।

एजेन्सी

प्रकाशित: May 06, 2020| 11:57 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।