शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एउटै बस्तीका २३ जनामा कोरोना देखिएपछि नेपालगन्जमा डब्ल्युएचओसहितको टोलीले थाल्यो कन्ट्याक्ट ट्रेसिङ

एउटै बस्तीका २३ जनामा कोरोना देखिएपछि नेपालगन्जमा डब्ल्युएचओसहितको टोलीले थाल्यो कन्ट्याक्ट ट्रेसिङ

उटै बस्तीका २३ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को स्वास्थ्यकर्मीसहितको टोलीले बाँकेको नेपालगन्जमा कन्ट्याक्ट ट्रेसिङ (संक्रमितको सम्पर्कमा आएकाको खोजी) थालेको छ।
 |  बुधबार, वैशाख २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०७७

बाँके– एउटै बस्तीका २३ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को स्वास्थ्यकर्मीसहितको टोलीले बाँकेको नेपालगन्जमा कन्ट्याक्ट ट्रेसिङ (संक्रमितको सम्पर्कमा आएकाको खोजी) थालेको छ।

“एउटै बस्तीका २३ जनामा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङको दायरा बढाइएको छ,” जिल्ला प्रशासन कार्यालय, बाँकेका सूचना अधिकारी दीर्घराज उपाध्यायले भने।

उनले हिजोदेखि संक्रमितको सम्पर्कमा आएका व्यक्तिको व्यापक रूपमा खोजी (कन्ट्याक्ट ट्रेसिङ) भइरहेको जानकारी दिए। “हिजो मात्रै ६० जनाको स्वाब संकलन गरेका छौं,” उनले भने, “आज पनि कन्ट्याक्ट ट्रेसिङ, स्वाब परीक्षणलगायत हुनेछ।”

गत शुक्रबार नेपालगन्जका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएपछि त्यहाँ स्थानीय स्वास्थ्यकर्मीसहितको टोलीले कन्ट्याक्ट ट्रेसिङ गरेको थियो।

सूचना अधिकारी उपाध्यायका अनुसार कन्ट्याक्ट ट्रेसिङबाट ९० जनाको पहिचान भएकोमा सबैको स्वाब परीक्षण गरिएको थियो। तीमध्ये २२ जनालाई कोरोना संक्रमण देखिएको थियो।

प्रकाशित: May 06, 2020| 10:40 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।