शनिबार, भदौ ६, २०८३

नेकपा स्थायी समितिको एजेन्डा बनाउन आज सचिवालय बैठक

सत्तारुढ नेकपा स्थायी समितिको बैठकमा प्रस्तुत गर्ने एजेन्डा तय गर्न आज अपराह्न ३ बजे सचिवालय बैठक बस्दैछ।
 |  बुधबार, वैशाख २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०७७

काठमाडौं- सत्तारुढ नेकपा स्थायी समितिको बैठकमा प्रस्तुत गर्ने एजेन्डा तय गर्न आज अपराह्न ३ बजे सचिवालय बैठक बस्दैछ। गत बिहीबार बसेको सचिवालय बैठकको निर्णयबमोजिम भोलिका लागि स्थायी समिति बैठक डाकिएको छ।

स्थायी समिति बैठकमा एकता, सहमति र समस्या समाधानका लागि दिशा निर्देश गर्ने तय गर्ने तयारी नेकपाको छ। स्थायी समितिमा पेस गरिने प्रतिवेदन र पार्टीको आगामी कार्यदिशा तय गर्न सचिवालय बैठक बस्न लागेका हो।

प्रवक्ता नारायणकाजी श्रेष्ठले आज बस्ने सचिवालय बैठकले आगामी कार्यदिशा तय गर्ने र स्थायी समितिमा पेस गरिने जानकारी दिए। 

सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले गत बिहीबारको निर्णयबमोजिम सहमति र एकतासहितको प्रतिवेदन पेस गर्नेछन्।

बिहीबारको सचिवालय बैठकपछि नेताहरूले आन्तरिक छलफल र भेटघाट तीव्र पारेका छन्।

प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्‍पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायत सचिवालय सदस्यबीच विभिन्न गुट उपगुटमा भेटघाट भइरहेको छ।

तीन दिनको बीचमा अध्यक्ष दाहाल भने अन्य नेताभन्दा भेटघाटमा बढी सक्रिय भए। उनले २१ गते नेपाल र खनालसँग छुट्टाछुट्टै भेट गरे। २२ गते नेपाल, खनाल र श्रेष्ठसँग भेट गरेका दाहालले प्रधानमन्त्री ओलीसँग पनि भेट गरेका थिए। साेही दिन उनले नेपालसँग छुट्टै भेट गरेका थिए।

यस्तै २३ गते प्रधामन्त्री ओलीसँग भेट गरेपछि नेपाललाई भेट्न दाहाल कोटेश्वर पुगेका थिए। सबैलाई समेटेर जाने खालको प्रतिवेदन तयार गर्न दाहालले यसबीचमा भेटघाट तीव्र पारेको बताइएको छ।

प्रकाशित: May 06, 2020| 10:29 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।