काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बुधबार बिहान ११ बजे बोलाएका छन्। बैठकले लकडाउनको अवधि थप्ने र त्यसको मोडलबारे निर्णय गर्नेछ ।
कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले कोरोनाभाइरसका संक्रमितहरु बढ्दै गएकाले लकडाउनलाई निरन्तरता दिनुपर्ने निस्कर्ष निकालेको थियो ।
समितिको सिफारिस अनुसार मन्त्रिपरिषदको बैठकले पनि लकडाउनलाई निरन्तरता दिने भए पनि केही स्थानमा खुकुलो पार्ने कि हालकै जस्तो सम्पूर्ण बन्द गर्ने भन्नेबारे आज छलफल हुने एक मन्त्रीले जानकारी दिएका छन्।