शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा कोरोनाबाट एकै दिनमा १२६ जनाको मृत्यु, ४९ हजार ४ सय संक्रमित

भारतमा कोरोनाबाट एकै दिनमा १२६ जनाको मृत्यु, ४९ हजार ४ सय संक्रमित

कोरोना भाइरसबाट भारतमा एकै दिनमा मंगलबार १ सय २६ जनाको मृत्यु भएको छ । अहिलेसम्म १ हजार ६ सय ९५ जनाको ज्यान गएकाे छ ।
 |  बुधबार, वैशाख २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०७७

काठमाडौं- तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा एकै दिनमा मंगलबार १ सय २६ जनाको मृत्यु भएको छ । भारतमा एकै दिनमा यति धेरै ब्यक्तिको मृत्यु भएको यो पहिलो पटक हो ।

यसअघि सोमबार १०६ जनाको मृत्यु भएको थियो । आइतबार ६७, शनिबार ९८, शुक्रबार ६५, बिहीबार ७३ जनाको कोरोनाबाट मृत्यु भएको भारतीय अधिकारीलाई उधृद गर्दै दैनिक भास्करले लेखेको छ ।

भारतमा अहिलेसम्म कोरोनाबाट १ हजार ६ सय ९५ जनाको मृत्यु भएको छ । मृतकको संख्या सबैभन्दा धेरै महाराष्ट्रमा रहेको छ । जहाँ अलिहेसम्म ६ सय १७ जनाको मृत्यु भएको छ ।

यस्तै गुजरातमा ३ सय ६८, मध्य प्रदेशमा १ सय ७६, पश्चिम बंगालमा १४०, राजस्थानमा ८९, दिल्लीमा ६४, उत्तर प्रदेशमा ५६ जनाको ज्यान गएको छ ।

भारतको २६ राज्य र ६ केन्द्र प्रशाशित राज्यमा फैलिएको कोरोनाबाट ४९ हजार ४ सय संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा अर्थात मंगलबार मात्रै २ हजार ९ सय ६६ जना संक्रमित थपिएका छन् । सोमबार ३ हजार ६ सय ५६, आइबार २ हजार ९ सय ५२, शनिबार २ हजार ५ सय ६४, शुक्रबार २ हजार ३ सय ९६ जनामा संक्रमण पुष्टि भएको थियो ।

संक्रमितमध्ये महाराष्ट्रमा मात्रै १५ हजार ५ सय २५ छन् । यस्तै गुजरातमा ६ हजार २ सय ४५, दिल्लीमा ५ हजार १ सय ४, तमिलनाडुमा ४ हजार ५८, राजस्थानमा ३ हजार १ सय ५८, मध्यप्रदेशमा ३ हजार ४९, उत्तर प्रदेशमा २ हजार ८ सय ८० जना संक्रमित भएका छन् ।

 

प्रकाशित: May 06, 2020| 07:16 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।