मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • द हन्ड्रेड प्रतियागिता रद्द भएसँगै खेलाडीसँगको सझौता पनि रद्द

द हन्ड्रेड प्रतियागिता रद्द भएसँगै खेलाडीसँगको सझौता पनि रद्द

एजेन्सी– इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी)ले द हन्ड्रेड प्रतियोगिता रद्द गरेसँगै खेलाडीसँगको सम्झौता पनि रद्द गरेको छ। ईसीबीले पहिलो संस्करणको १००–१०० बलको क्रिेकट प्रतियोगिता आयोजना गरेको थियो।
 |  मंगलबार, वैशाख २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २३, २०७७

एजेन्सी– इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी)ले द हन्ड्रेड प्रतियोगिता रद्द गरेसँगै खेलाडीसँगको सम्झौता पनि रद्द गरेको छ। ईसीबीले पहिलो संस्करणको १००–१०० बलको क्रिेकट प्रतियोगिता आयोजना गरेको थियो।

ईसीबीले खेलाडीलाई पत्र पठाएर सम्झौता रद्द गरेको बताएको छ।

यो लिग प्रतियोगिता आगामी १७ जुलाईबाट ८ अगस्टसम्म हुने तय थियो। तर कोरोना भाइरस (कोभिड–१९)का कारण ईसीबीले एक हप्ता पहिले नै यो वर्षको लिग रद्द गरेर अर्को वर्ष गर्ने बताएको थियो।

कोभिडका कारण जून–जुलाइसम्मका सबै खेल स्थगित गरिएको छ। त्यस्तै आईपीएल पनि अनिश्चितकालका लागि स्थगन गरिएको छ।

द हन्ड्रेड पुरुष र महिलाको ८ ८ टिमको प्रतियोगिता हो। गत साल अक्टोबरमा लीगको ८ वटै टिमले ड्राफ्टबाट खेलाडी चयन गरेका थिए। त्यस्तै महिला खेलाडीको पनि चयन चलिरहेको थियो।

ईसीबीले गर्मी यामको छुट्टीलाई ध्यानमा राखेर प्रतियोगिताको आयोजना गरेको थियो।

 

प्रकाशित: May 05, 2020| 19:05 मंगलबार, वैशाख २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।