शनिबार, भदौ ६, २०८३

लकडाउन थप्न उच्चस्तरीय समितिकाे सिफारिस

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले केही समय लकडाउन कायमै राख्न सरकारलाई सिफारिस गरेको छ
 |  मंगलबार, वैशाख २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २३, २०७७

काठमाडौं- कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले केही समय लकडाउन थप्न सरकारलाई सिफारिस गरेको छ। समितिको मंगलबार बसेको बैठकले यस्तो सिफारिस गरेको हाे।

बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले भने, 'अहिले सरकारले जुन नीति अख्तियार गरेको छ, जुन बाटोमा हिँडिएको छ, सही छ भन्ने निष्कर्ष निकालियो। लकडाउन निरन्तर रहन्छ।' बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए। 

सचिव बिडारीले लकडाउन कति समय थप्ने बारेमा केही बताएनन्। लकडाउन थप गर्ने वा नगर्ने निर्णय मन्त्रिपरिषद्ले गर्नेछ। कोरोना भाइरस संक्रमण जोखिमका कारण जारी लकडाउन २५ गते सकिँदै छ।

प्रकाशित: May 05, 2020| 18:59 मंगलबार, वैशाख २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।