सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • जुम्लामा नेकपा (एस)को शक्ति प्रदर्शन, एमालेभन्दा बलियो भएको दाबी

जुम्लामा नेकपा (एस)को शक्ति प्रदर्शन, एमालेभन्दा बलियो भएको दाबी

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले शनिबार जुम्लामा शनिबार शक्ति प्रदर्शन गरेको छ।
 |  शनिबार, भदौ २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २६, २०७८

जुम्ला– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले शनिबार जुम्लामा शनिबार शक्ति प्रदर्शन गरेको छ। नेकपा एमालेबाट विभाजित भएर बनेको पार्टीले जुम्लामा प्रथम जिल्ला कार्यकर्ता भेला गर्दै शक्ति प्रदर्शन गरेको हो। 

जिल्ला भेलामा जुम्लाका आठै स्थानीय तहका करिब ५ हजार कार्यकर्तालाई सदरमुकाम खलंगा आएका थिए। भेलालाई सम्बोधन गर्दै एकीकृत समाजवादी कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाले हजारौं कार्यकर्ताको समर्थन र उपस्थितिले जुम्लामा एमाले पार्टी विलय भएको ठोकुवा गरे। केपी ओलीको पछि लाग्नेको राजनीति सकिएको उनले टिप्पणी गरे। 

कार्यक्रममा कर्णालीका कृषिमन्त्री कुर्मराज शाही, सांसद पदम रोकाया लगायतले कर्णालीकै सबैभन्दा ठूलो र बहुमत भएको एकीकृत समाजवादी पार्टी जुम्लामै निर्माण हुने विश्वास व्यक्त गरे। 

एकीकृत समाजवादी जुम्लाका अध्यक्ष तीर्थ बुढाले एउटै घरभित्र पनि सधैं किचलो, सधैं अन्याय र अत्याचार सहेर बस्न नसकिने भन्दै एमालेभित्र केपी ओलीको अत्याचार बढेपछि विद्रोहका रुपमा एमालेभित्रै वैकल्पिक शक्तिका रुपमा एकीकृत समाजवादीको उदय भएको बताए। उनले पनि जुम्लामा एमाले समाप्त भइसकेको दाबी गरे।

जुम्लाका एमालेबाट निर्वाचित ९० जना जनप्रतिनिधिमध्ये ४४ जनाले समाजवादीमा सनाखत गरेका छन्। त्यसैगरी ६१ जनाको जिल्ला कमिटी रहेकोमा ५८ जनाले समाजवादी रोजेका छन्।  

kumari



प्रकाशित: Sep 11, 2021| 19:09 शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।