शनिबार, भदौ ६, २०८३

सल्यानमा चट्याङ लागेर एकको मृत्यु, पाँच घाइते

सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन्।
 |  मंगलबार, वैशाख २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २३, २०७७

सुर्खेत– सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन्। जिल्लाको कुमाख गाउँपालिका–३, चिनालीका ६ वर्षीया हिमानी रानाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ।

चट्याङ लागेर घाइते बालिकाको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) ढकेन्द्र खतिवडाले जानकारी दिए।

यस्तै, चट्याङ लागेर मृतककी आमा अतिराम र भाइ यमराज पनि घाइते भएका छन् । त्यस्तै, परिवारका अन्य सदस्यहरू टेकबहादुर, दीपा र रणसिंह राना पनि घाइते भएको प्रहरीले जनाएको छ। घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

स–परिवार घरमा बसिरहेका बेला आज बिहान चट्याङ परेको थियो ।

प्रकाशित: May 05, 2020| 17:21 मंगलबार, वैशाख २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।