मंगलबार, असार ३०, २०८३

रोनाल्डो पुगे इटाली, १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने

इटालियन क्लब युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो क्लबको प्रशिक्षणमा समावेश हुन इटाली फर्किएका छन्। कोरोनाको कारण पोर्चुगलमा रहेको घरमै रोकिएको रोनाल्डो दुई महिनापछि इटाली फर्किएको हुन्।
 |  मंगलबार, वैशाख २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २३, २०७७

इटालियन क्लब युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो क्लबको प्रशिक्षणमा समावेश हुन इटाली फर्किएका छन्। कोरोनाको कारण पोर्चुगलमा रहेको घरमै रोकिएको रोनाल्डो दुई महिनापछि इटाली फर्किएको हुन्।

उनकी आमाको स्वास्थ्य अवस्था राम्रो नभएका कारण इटालीबाट घर गएका थिए। तर, त्यसपछि कोरोनाका कारण खेल स्थगित भएपछि उनी इटाली फर्कन पाएनन्। युरोपियन मिडियाका अनुसार रोनाल्डोको खेल करिअरमा यो सबैभन्दा लामो बिदा हो।

उनको आफ्नै विमान स्पेनबाट पोर्चुगल जान नसकेपछि इटाली फर्कन केही समय कुर्नुपरेको थियो।

उनी अहिले इटाली पुगे पनि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने भएको छ। क्वारेन्टिनमा बसिसकेपछि मात्र उनले क्लबको प्रशिक्षणमा भाग लिन पाउने छन्।

रोनाल्डोबाहेक बर्नाडेस्की, जुवान कुआड्राडो, कार्लो पिन्सोल्यिो र एरोन रामले पनि क्लबमा फर्किएका छन्। यी सबै खेलाडीको एकपटक कोरोना टेस्ट भइसकेको छ।

अब प्रशिक्षण सुरु हुनुभन्दा दुई दिनपहिले कोरोना टेस्ट हुनेछ। यदि रिपोर्ट नेगेटिभ आएमा मात्र उनीहरुले प्रशिक्षण गर्न पाउने छन्।

सिरी ए का २० वटै क्लबले लिग सुरु गर्न माग गरेका छन्। तर, इटाली सरकारले अहिले व्यक्तिगत प्रशिक्षणलाई मात्र छुट दिएको छ। मे १८ पछि मात्र टिमको साथ प्रशिक्षण सुरु गर्नेमा फैसला हुनेछ।

प्रकाशित: May 05, 2020| 17:08 मंगलबार, वैशाख २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।