शनिबार, भदौ ६, २०८३

१२० जनामा कोरोना संक्रमणको आशंका

हाल नेपालमा ३३० जना कोरोना भाइरसका सम्भावित संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 |  मंगलबार, वैशाख २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २३, २०७७

हाल नेपालमा ३३० जना कोरोना भाइरसका सम्भावित संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले मोबाइल एप र मन्त्रालयको वेबसाइटमा गरिएको स्वमूल्यांकनका आधारमा ३ सय ३० जना व्यक्तिहरु रेड जोनमा रहेको जानकारी दिए ।

साथै कोरोनाको आशंकामा १२० जना आइसोलेसनमा छन् । नेपालमा हालसम्म ६६ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको छ । पिसीआर विधिबाट १३ हजार ८ सय ५० जनाको परीक्षण भएको छ भने आरडीटिबाट ५२ हजार २ सय २७ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

परीक्षण गरिएकामध्ये अहिलेसम्म ८२ जनामा संक्रमण देखिएको छ भने संक्रमितमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

देशभर २१ हजार ९९ जना क्वारेन्टिनमा रहेका छन् । संक्रमितमध्ये ६१ पुरुष र २१ महिला छन् । संक्रमितमध्ये प्रदेश १ मा ३१ जना, प्रदेश २ मा १३ जना, बागमतीमा ७ जना, गण्डकीमा २ जना र प्रदेश ५ मा २४ जना, सुदुरपश्चिममा ५ जना रहेका छन् । कर्णाली प्रदेशमा अहिलेसम्म कुनै पनि संक्रमित भेटिएका छैनन् ।

हाल उपचाररत संक्रमितमध्ये रुपन्देहीमा १, नेपालगञ्जमा २३, विराटनगरमा ३१, वीरगञ्जमा ९, भरतपुरमा १ र धनगढीमा १ जनाको सामान्य अवस्थामा उपचार भइरहेको छ । उपचाररत सबैको अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

प्रकाशित: May 05, 2020| 17:00 मंगलबार, वैशाख २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।