शनिबार, भदौ ६, २०८३

बुटवल:  युवा-युवती रुखमा झुन्डिएको अवस्थामा फेला

बुटवल उपमहानगरपालिका- १९ मोतिपुरको जंगलमा एक महिला र एक पुरुषको शव सिसौको रुखमा झुण्डिएको अवस्थामा फेला  परेको छ।
 |  मंगलबार, वैशाख २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २३, २०७७

भैरहवा- बुटवल उपमहानगरपालिका- १९ मोतिपुरको जंगलमा एक महिला र एक पुरुषको शव सिसौको रुखमा झुण्डिएको अवस्थामा फेला  परेको छ।

गुल्मीकी युवती र उदयपुरका युवक एउटै रुखमा प्लाष्टिकको डोरीको पासोमा झुन्डिएको अवस्थामा मृत भेटिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताए ।

प्रहरीका अनुसार श्रीमान रोजगारीको सिलसिलामा विदेश रहेका गुल्मी जिल्ला मदाने–५ मलागिरी घर भै रुपन्देहीको मोतिपुरमा वस्ने वर्ष २४ की महिला र स्थानीय एक उद्योगमा काम गर्ने उदयपुर जिल्लाका वर्ष ३० का हिरा श्रेष्ठ एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

उनीहरुले आत्महत्या गरेका हुन वा कसैले हत्यागरी झुन्डाएको हो अझै नखुलेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दुबैजनाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ ।

प्रकाशित: May 05, 2020| 16:26 मंगलबार, वैशाख २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।