संखुवासभा– गत सोमबार बिहान संखुवासभाको मादी नगरपालिका १ खोलागाउँका तेजबहादुर कार्की परिवारका ६ जनाको हत्या गरेको अवस्थामा बाटोमा शव फेला पर्यो। ‘माइला काका’को हत्या गरिएको अवस्थामा शव भेटियो भन्दै स्थानीयलाई खबर गर्ने पहिलो व्यक्तिलाई हत्याको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ। नाताले काका पर्ने ५८ वर्षीय कार्कीसहित उनको परिवारका ६ जनालाई २६ वर्षीय लोकबहादुर कार्कीले हत्या गरेको प्रहरीको दाबी छ।
सोमबार बिहान लोकबहादुरको घरतर्फ धान गोड्ने खेताला खोज्न तेजबहादुर घरबाट निस्केका थिए। बाटोमा लोकबहादुर बसिरहेका थिए। उनले पछाडिबाट रडले प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ। तेजबहादुरको हत्या गरेको तेजबहादुरकी श्रीमती ५२ वर्षीया कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्कीले देखेपछि लोकबहादुरले दुवै जनाको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ। हजुरआमा र आमाको हत्या गरेको देखेका ११ वर्षीय दीपेन र ७ वर्षीया गोमा कार्कीको पनि उनले हत्या गरेको प्रहरी समक्ष बयान दिएको बताइएको छ। ५ जनाको हत्या गरिसकेपछि घरमा आएर गाईवस्तुलाई खोले पकाउँदै गरेकी ८४ वर्षीया पार्वता कार्कीको पनि हत्या गरेर लोकबहादुर आफ्नो घर तर्फ लागेको उनले बयान दिएका छन्।
प्रहरीका अनुसार घटनास्थलबाट करिब १५० मिटर पर रहेको घरबाट उनी पुनः घटनास्थलमा आएका थिए। स्थानीयबासीलाई ‘माईला काका’को हत्या भएको भन्दै छिमेकमा हल्ला उनैले गरेको स्थानीयबासीले बताएका छन्।
नाताभित्रको छिमेकीबाटै तेजबहादुरका परिवारको हत्या गर्यो भनेर सोच्न पनि नसकिने घटना भएको स्थानीय चन्द्रबहादुर थापाले बताए। उनले भने, ‘माईला काकाको हत्या भएको भन्दै खबर गरेको उसलै गरेको थियो। हामीले यति नजिकका व्यक्तिबाट घटना गरायो भन्ने सोच्नै सकेनौं।’
प्रहरीका अनुसार घटनास्थलबाट करिब १५० मिटर पर रहेको घरबाट उनी पुनः घटनास्थलमा आएका थिए। स्थानीयबासीलाई ‘माईला काका’को हत्या भएको भन्दै छिमेकमा हल्ला उनैले गरेको स्थानीयबासीले बताएका छन्।
स्थानीयका अनुसार लोकबहादुर वैदेशिक रोजगारीका क्रममा मलेसियाबाट केही समयअघि फर्किएका थिए। स्थानीय बासिन्दालाई उद्धृत गर्दै मादी नगरपालिकाका प्रमुख विदुर लिन्थेपले भने, ‘लोकबहादुर मानसिक सन्तुलन ठिक नभएपछि स्वदेश फर्किएका थिए। तर औषधि खाएपछि ठिक भएका थिए।’ यद्यपि अहिले पनि उनले औषधि सेवन गरिरहेका छन्।
लोकबहादुरको पारिवारिक अवस्था सामान्य छ। उनकी आमा एक वर्षअघि बितेकी थिइन्। स्थानीयका अनुसार परिवारमा उनीसहित बुवा र एक जना भाइ छन्।
कार्की परिवारको हत्यामा संलग्न व्यक्ति पक्राउ परेपछि स्थानीयबासीमा त्रास केही कम भएको वडाध्यक्ष खेमनाथ कटुवालले बताए।
शनिबार बिहान २ बजेतिर लोकबहादुरलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ। आइतबार बिहान ११ बजे इलाका प्रहरी कार्यालय चैनपुरले हत्या घटनामा संलग्न कार्कीलाई सार्वजनिक गर्ने तयारी गरेको छ।
प्रहरीले नियन्त्रणमा लिएका लोकबहादुरले घटना आफ्नो संलग्नता स्वीकार गरेका छन्। अनुसन्धानका खटिएका एक प्रहरीका अनुसार लोकबहादुरले पहिला तेजबहादुरमाथि आक्रमण गरेको र त्यसपछि अरूमाथि जाइलागेको स्वीकारेका छन्।
ती अधिकारीले भने, ‘लोकबहादुरले कसलाई शरीरको कुन ठाउँमा कसरी प्रहार गरें पनि बयानमा भनेका छन्।’ प्रहरीका अनुसार सोमबार बिहान उनले पहिले घरमूली तेजबहादुरमाथि प्रहार गरेको बताएका छन्। त्यसपछि पत्नी मनमाया र बुहारी रञ्जनालाई आक्रमण गरेका थिए। सासूबुहारी ढलेपछि नातिनातिनीमाथि प्रहार गरेर उनी घरभित्र छिरेका थिए। त्यसपछि उनले घरभित्र खोले पकाउँदै गरेकी ८४ वर्षीया पार्वतामाथि आक्रमण गरेका थिए।
अनुसन्धानका क्रममा लोकबहादुको घरभित्र रगत लतपतिएको सर्ट र रड फेला परेको प्रहरीले जनाएको छ। अनुसन्धान र सबै परीक्षण गर्दा लोकबहादुर नै दोषी देखिएको प्रहरीको दाबी छ।
संखुवासभाका डीएसपी लालध्वज सुवेदीले भने, ‘हामी घटना अनुसन्धानको अन्तिमअन्तिममा पुगेका छौं। आइतबार बिहान पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गर्नेछौं।’