धरान - संघीय सरकारले भन्दा एक दिन अघि लकडाउन घोषणा गरेका प्रदेश १ का २ उपमहानगरपालिका धरान र इटहरी अहिले सुनसान छन्। अत्यावश्यक र औषधिका पसल बाहेक सबै बन्द छन्। सरकारले रेड जोनमा राखेपछि सुनसरीमा झनै कडाई गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी बिनोद शर्मा बताउँछन्।



