शनिबार, भदौ ६, २०८३

आफ्नै खेतमा काम गरिरहेका नेपालीलाई एसएसबीले कुटे

बाराको बिश्रामपुरमा आफ्नै खेतमा काम गरिरहेका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कुटपिट गरेका छन्। बिश्रामपुर गाउँपालिका–४ बलिरामपुरमा खेतमा काम गर्न गएका नेपालीलार्ई एसएसबीले कुटपिट गरेको नेपाल प्रहरीले जनाएको छ।
 |  मंगलबार, वैशाख २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २३, २०७७

बाराको बिश्रामपुरमा आफ्नै खेतमा काम गरिरहेका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कुटपिट गरेका छन्। बिश्रामपुर गाउँपालिका–४ बलिरामपुरमा खेतमा काम गर्न गएका नेपालीलार्ई एसएसबीले कुटपिट गरेको नेपाल प्रहरीले जनाएको छ।

बाराका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले एसएसबीका जवानहरुले नेपाली भूमिमै आएर कुटपिट गरेको बताए।

पंगेनीका अनुसार एसएसबीले नेपालीमाथि दुर्व्यवहार गर्न थालेपछि स्थानीय प्रतिकारमा उत्रेका थिए। त्यसपछि भारतीय सर्वसाधारण पनि लाठी, भाटा बोकेर प्रतिकारमा उत्रिँदा स्थिति तनावपूर्ण बनेको थियो।

‘सोमबार नेपाली एक जना भारतमा रहेका आफन्तलाई तरकारी पुर्याउन जाने क्रममा एसएसबीसँग विवाद भएको रहेछ,’ पंगेनीले भने, ‘त्यही विषयलाई इगो बनाएर आज नेपालीमाथि कुटपिट गरेछन्।’

वडाध्यक्ष मदन प्रसाद यादवले झडपमा अशोक कुमार साह, कमलेश शर्मा, हिरालाल शर्मा, दीपक शर्मा, छोटेलाल साह, मदन साहलगायतका घाइते भएको जानकारी दिए।

अशोकको टाउकोमा चोट लागेको र अन्यको अवस्था सामान्य रहेको यादवले बताए। सशस्त्र प्रहरी बलको पहलमा स्थिती नियन्त्रणमा आएको यादबले सुनाए।

प्रकाशित: May 05, 2020| 13:53 मंगलबार, वैशाख २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।