भारतमा कोरोना भाइरसबाट एकै दिनमा ८३ जनाको मृत्यु भएको छ भने २५ सयभन्दा बढी संक्रमित थपिएका छन्।
बीबीसीका अनुसार कुल संक्रमितको संख्या ४२ हजार ८२६ पुगेको छ। त्यसैगरी मृतकको संख्या १३ सय ८९ पुगेको छ।
देशभर ११ हजार ७६२ जना कोरोना संक्रमित ठिक भएका छन्। यो कुल संक्रमितको करिब २७ प्रतिशत हो।