शनिबार, भदौ ६, २०८३

किट नहुँदा भैरहवामा रोकियो कोरोना परीक्षण

रूपन्देहीको भैरहवास्थित प्रदेश जनस्वास्थ्य कार्यालयमा आइतबारदेखि कोरोना भाइरस (कोभिड–१९)को स्वाब परीक्षण हुन सकेको छैन।
 |  सोमबार, वैशाख २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०७७

भैरहवा– रूपन्देहीको भैरहवास्थित प्रदेश जनस्वास्थ्य कार्यालयमा आइतबारदेखि कोरोना भाइरस (कोभिड–१९)को स्वाब परीक्षण रोकिएको छ।

मेसिनमा प्रयोग हुने किट अभावले प्रदेश ५ को प्रयोगशालामा कोरोना परीक्षण हुन नसकेको कर्मचारीले बताएका छन्। दुई दिनअघि कोरोना सक्रमण देखिएका युवकसँगै क्वारेन्टिनमा रहेका १६ जनाको किट अभावले परीक्षण हुन सकेको छैन।

परीक्षण हुन नसकेपछि प्रयोगशालामा कार्यरत चार ल्याब प्राविधिक हिजोदेखि कामविहीन भएका छन्।

आरटीपीसीआर मेसिनमा प्रयोग हुने एक्सट्रक्सन किट सकिएकाले परीक्षण रोकिएको प्रयोगशालाका विशेषज्ञ सुमन सापकोटाले बताए।

आरटीपीसीआर मेसिनमा आरएनए एक्सट्रक्सन किट र पीसीआर किट प्रयोग हुने गर्छ। उक्त प्रयोगशालामा सुरुमा पीसीआर मेसिनबाट परीक्षण गरिएको भए पनि पछिल्लो समय नेसनल प्याथ ल्याबले दिएको आरटीपीसीआर मेसिनमार्फत चेकजाँच गरिँदै आएको छ।

संघीय कृषि मन्त्रालयले दिएको आरटीपीसीआर मेसिन पनि प्राविधिक समस्याको कारण प्रयोग हुन सकेको छैन।

प्रदेश जनस्वास्थ्य कार्यालय, भैरहवामा अहिलेसम्म तीन सय ३७ नमुना परीक्षण गरिएको छ।

हाल नमुना आएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाउने गरिएको छ।

प्रकाशित: May 04, 2020| 22:20 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।