शनिबार, भदौ ६, २०८३

भैरहवाको गल्लामन्डी जहाँ कोरोना प्रभाव देखिन्न

कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवालाई कोरोना भाइरसको संक्रमण देखिएपछि उक्त क्षेत्रमा आवतजावत पूर्ण बन्द छ।
 |  सोमबार, वैशाख २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०७७

भैरहवा– कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवालाई कोरोना भाइरसको संक्रमण देखिएपछि उक्त क्षेत्रमा आवतजावत पूर्ण बन्द छ।

संक्रमित युवा बुटवलस्थित कोरोना अस्पतालमा उपचाररत छन्। यसक्षेत्रमा पहिलो कोरोना संक्रमित देखिएपछि सन्त्रास केही बढेको छ। तर, करिब १० किलोमिटर दूरीमा रहेको भैरहवास्थित गल्लामन्डीमा भने लकडाउनको कुनै प्रभाव परेको छैन। गल्लामन्डीका पसलका खरिददार र विक्रेता कसैले पनि सुरक्षाका न्यूनतम मापदण्ड अपनाइरहेका छैनन्।

भैरहवाका अन्य बजार सुनसान भईरहँदा गल्लामन्डीमा त्यसको कुनै प्रभाव छैन। गाउँगाउँबाट सैयौं मजदुर दैनिक काम गर्न आइरहेका छन्। उनीहरुको स्वास्थय परीक्षण र सुरक्षाका न्यूनतम नियम समेत पालना भइरहेको देखिंदैन।

उक्त क्षेत्रमा काम गर्ने अधिकांश मजदुरहरु मर्चवार क्षेत्रका छन् । जहां कोरोना संक्रमीत युवा भेटिएका थिए। उक्त क्षेत्रमा सामान्य अवस्थामा झैं कारोबार भइरहेपछि स्थानीयवासिन्दाले चिन्ता व्यक्त गरेका छन्।

नेपाल भारत सीमादेखि करिब ५ किलोमिटर दूरीमा रहेको गल्लामन्डीमा सुरक्षाका उपाय केही अवलम्बन नगरिएपछि स्थानीयवासिन्दाले जिल्ला प्रशासन कार्यालयको ध्यानकर्षण समेत गराएका छन्।

प्रकाशित: May 04, 2020| 18:59 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।