शनिबार, भदौ ६, २०८३

सालीसँग प्रेममा परेपछि श्रीमतीको हत्या

जनकपुरधाम– धनुषामा सालीसँग प्रेम सम्बन्धमा फसेका एकजनाले आफ्नै श्रीमतीको हत्या गरेको रहस्य खुलेको छ ।
 |  सोमबार, वैशाख २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०७७

जनकपुरधाम– धनुषामा सालीसँग प्रेम सम्बन्धमा फसेका एकजनाले आफ्नै श्रीमतीको हत्या गरेको खुलेको छ ।

धनुषाको मिथिला नगरपालिका–९ लालभिट्टी बस्ने २८ वर्षीय हरि चौहानले २५ वर्षीया श्रीमती वीणा चौहानको हत्या गरेको प्रहरीले जनाएको छ । विणाको शव हत्या भएको चार दिनपछि गाडेको अवस्थामा प्रहरीले बरामद गरेपछि यो रहस्य सार्वजनिक भएको हो ।

कान्छी सालीसँग प्रेम सम्बन्धमा फसेका हरिले आवेशमा आएर श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीले हरिलाई नियन्त्रणमा लिएको छ ।

श्रीमतीले ‘मेरी कान्छी बहिनीसँग तिम्रो अवैध सम्बन्ध छ, जहिले नि ढिलो गरेर घर आउँछौं’ भनेर मानसिक यातना दिएको भन्दै आवेशमा आएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय ढल्केबरका इञ्चार्ज प्रहरी निरीक्षक तिर्थ कार्कीले बताएका छन् ।

हरिले श्रीमती वीणालाई बालो काट्ने बहानामा लालगढ सामुदायिक वनस्थित मगर्नी खोलामा लगेर घाँटीमा शल बेरेर हत्या गरी शवलाई जंगलमा गाडेको कार्कीले बताए । गाडेको अवस्थामा प्रहरीले चार दिनपछि शव बरामद गरेको उनले जानकारी दिए ।

‘१८ वैशाखमा साँझ करिब साढे पाँच बजे वीणालाई बालो काट्ने बहाना बनाएर जंगलतर्फ लगेर घाँटीमा बल बेरेर हत्या गरी शवलाई जंगलमा गाडेको’ हरिले बयान दिएको कार्कीले बताए ।

वीणाको हत्या गर्नुअघि हरिले खाडल खनेर तयार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हरिले घटना घटाइसकेपछि आफ्नो साथी गोपाल श्रेष्ठलाई फोनबाट जानकारी गराएको अनुसन्धानबाट देखिएको छ ।

‘उनको करिब एक वर्षदेखि कान्छी सालीसँग एकतर्फी प्रेम रहेछ । श्रीमतीले यसबारे जानकारी पाएपछि मानसिक यातना सह्न नसकेर हत्या गरेको देखिएको छ,’ प्रहरी निरीक्षक कार्कीले बताए ।

पेशाले गाडी चालक रहेका चौहान श्रीमती हराएको भन्दै १९ वैशाखमा प्रहरीलाई मौखिक जानकारी गराएका थिए । अनुसन्धानको क्रममा वीणाको हत्या भएको प्रहरीले पत्ता लगायो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित: May 04, 2020| 18:56 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।